कार्तिक २९, २०८३ आइतबार November 15, 2026

कृषि नै समृद्धिको आधार : मन्त्री भुसाल

कृषि, पशु तथा मत्स्यपालनका क्षेत्रबाट मात्रै समृद्धि हासिल गर्न सकिने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कृषि तथा पशुपन्छीमन्त्री बेदुराम भुसालले कृषि नै समृद्धिको आधार भएको बताएका छन् । स्याङ्जाको भिरकोट-५ पकानस्थित केराबारी कृषक समूहको समन्वयमा आज आयोजित सुन्तला रोपण अभियान कार्यक्रममा उनले कृषि, पशु तथा मत्स्यपालनका क्षेत्रबाट मात्रै समृद्धि हासिल गर्न सकिने बताए ।

कृषि तथा पशुपालनका क्षेत्रमा सामूहिक वा चक्लाबन्दी खेतीमा जानुपर्ने नीति सरकारले अगाडि सारेको मन्त्री भुसालको भनाइ छ । ‘अब चक्लाबन्दी वा सामूहिक खेती प्रणालीमा जोड दिनुपर्छ भन्ने सरकारले नीति अगाडि ल्याएको छ’, उनले भने, ‘बाँझो जमिनको उपयोग गर्ने वा व्यक्तिका बाँझो रहेका जमिन भाडामा लिएर भए पनि खेती गर्ने नीति सरकारले लिएको छ ।’

बाँझो जमिनको उपयोगका लागि सरकारले नीति तथा कार्यक्रम नै बनाएको उनले बताए । मन्त्री भुसालले नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि बजेट विनियोजन भइसकेको बताए । अहिले कृषकका लागि बाँदर आतङ्क चुनौतीका रुपमा रहेकाले यसको व्यवस्थापन गर्न सरकार ऐन संशोधन गरेर अगाडि बढ्ने उनले बताए ।

बाँदरको आतङ्क व्यवस्थापन गर्न बाँदर नमर्ने तर तर्साउने गरी विद्युतीय तारबार लगाउन सकिने विकल्प रहेको बताए । स्याङ्जा जिल्ला सुन्तला, कफी उत्पादनका दृष्टिले अगाडि रहेकाले आगामी दिनमा अझै व्यवस्थित र सामूहिक ढङ्गबाट खेती प्रणाली अगाडि बढाउनु आवश्यक रहेको उनको भनाइ थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ स्याङ्जाको आयोजनामा केराबारीमा सामूहिक खेतीको सुरुआत गरिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारले नागरिकका पक्षमा काम गरोस् : महामन्त्री पौडेल
२०८३ कार्तिक २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा गुह्येश्वरीमा छठीमाताको पूजा आराधनासहित अर्घ दान
२०८३ कार्तिक २९, आइतबार
कोप-३१ मा सहभागी भई अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता
२०८३ कार्तिक २९, आइतबार
तेक्वान्दो खेलाडी वैभवीलाई थाइल्यान्डमा दुई पदक
२०८३ कार्तिक २९, आइतबार
एनपीएल : कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन
२०८३ कार्तिक २९, आइतबार
इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव
२०८३ कार्तिक २९, आइतबार