काठमाण्डौंः जीप दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ ।
मन्त्री सिंहको धनगढीबाट बझाङ जाने क्रममा मंगलबार जीप दुर्घटनामा निधन भएको हो । दुर्घटनामा घाइते हुनुभएका मन्त्री सिंहको उपचारको क्रममा निधन भएको अस्पतालले पुष्टि गरेको छ। दुर्घटनामा मन्त्री सिंहसहित उहाँकी श्रीमती र भाउजूको पनि निधन भएको छ ।
मन्त्री सिंहसहित ५ जना सवार गाडी मंगलबार दिउँसो बझाङको केदारस्यूँ गाउँपालिका–१ को देउरामा दुर्घटना भएको हो । दुर्घटनामा घाइते अन्य २ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुको अवस्था गम्भीर छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया