काठमाडौंः आन्तरिकतर्फको हवाई भाडा घटेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार जारी गरेको सूचनाअनुसार काठमाडौँबाट हुने विभिन्न रुटको भाडा घटेको हो।
सूचनामा उल्लेखअनुसार काठमाडौँबाट धनगढीका लागि ४ सय ५५ रुपैयाँ भाडा घटेको छ। सबैभन्दा कम काठमाडौँबाट सीमराका लागि ९० रुपैयाँ भाडा घटेको छ।
यसअघि मंगलबार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँका दरले घटाएको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया