भाद्र ३, २०८३ बुधबार August 19, 2026

साझा यातायातको मोबाइल एप सञ्चालनमा आयो , के के छन् सुविधा ?

यसरी प्रयोग गर्नुहोस् साझा प्लस एप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः साझा यातायातले ‘साझा प्लस’ एप औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । याे एपका माध्यमबाट काठमाडौं उपत्यकामा आफ्नो नजिकका साझा यातायातका बसहरू फेला पार्न सकिने कम्पनीले जनाएको छ ।

“हाम्रो एपले नजिकका बस र रुटको रियल टाइम (वास्तविक समयकाे) जानकारी उपलब्ध गराउनेछ,” कम्पनीले विज्ञप्तिमा लेखेको छ, “हाम्रो अन्तर्क्रियात्मक नक्साको फिचर प्रयोग गरेर आत्मविश्वासका साथ सहर ‘एक्स्प्लाेर’ गर्न सक्नुहुनेछ ।”

सबाट वास्तविक समयमा बस ट्रयाक समेत गर्न सकिने कम्पनीको भनाइ छ । साझा यातायातका लागि स्लाश प्लसले विकास गरेको यो एप एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गरेर डाउनलोड गर्न सक्नेछन् ।

यसरी प्रयोग गर्नुहोस् साझा प्लस एप

एप डाउनलोड गरिसकेपछि तलको प्रक्रिया अपनाएर प्रयोग गर्न सक्नुहुन्छ:

-सबैभन्दा पहिले एप खोलिसकेपछि गेट स्टार्टेड (Get Started) बटनमा ट्याप गर्नुहोस् ।

-त्यसपछि स्क्रिनमा देखिएको ‘साइन इन विथ गुगल’ (Sign in with gooogle) बटनमा थिच्नुहोस् ।

-अनि आफूलाई उपयुक्त हुने गुगल अकाउन्ट छान्नुहोस् ।

-यति गर्नुभयो भने एप खुल्छ ।

यसरी एपमा साइनअप गरिसकेपछि विभिन्न रुटहरू देखिन्छ । त्यस्ता रुटमा क्लिक गरी कुन बस गुडिरहेकाे छ, कुन बस कुन रुटमा रोकिएको छ भन्ने कुराको जानकारी पाउन सकिन्छ ।

त्यसबाहेक पनि स्टेसन कहाँ छ, तपाईंको नजिक कुन बस कति बजे आइपुग्छ, कतिको स्पिडमा गुडिरहेको छ भन्ने कुराको जानकारी पाउन सकिन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बागमतीमा एमालेलाई मुख्यमन्त्री, नेकपालाई सभामुख र राप्रपालाई तीन मन्त्रालयको भागवण्डा
२०८३ भाद्र ३, बुधबार
भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता
२०८३ भाद्र ३, बुधबार
दुर्गा प्रसाईंको राजनीतिक स्वार्थका कारण धर्नामा रहेका नागरिकको जीवन सङ्कटमा
२०८३ भाद्र ३, बुधबार
युक्रेनलाई पूर्ण समर्थन जारी राख्ने बेलायतको प्रतिबद्धता
२०८३ भाद्र ३, बुधबार
निर्णय नमान्ने बागमतीका सांसद कारबाहीका भागीदार : लिङदेन
२०८३ भाद्र ३, बुधबार
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने सरकारको निर्णय
२०८३ भाद्र ३, बुधबार
‘बालश्रमसम्बन्धी विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८३ भाद्र ३, बुधबार