कार्तिक १३, २०८३ शुक्रबार October 30, 2026

पाँँच सय बजेटकाे ‘आदिपुरुष’ ले ३०० करोड नि कमाउन सकस

आदिपुरुष फिल्मको कमाईको गति दिनानुदिन घट्दै गएको र अब ३०० करोडको क्लबमा सामेल हुन असम्भव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः ओम राउत निर्देशित फिल्म ‘आदिपुरुष’ जुन १६ मा हलमा रिलिज भएको थियो । महाकाव्य रामायणमा आधारित फिल्मले समीक्षक र दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको थियो।

फिल्मले पहिलो दिन ८५ करोडभन्दा बढी कमाई गरेर कीर्तिमान बनाए पनि ओपनिङ वीकेन्डपछि यसको कलेक्सनमा क्रमशः गिरावट आएको छ । योसँगै फिल्म रिलिजको १२ औं दिनमा मंगलबारको कमाईको प्रारम्भिक आँकडा आएको छ ।

सकनिल्कको रिपोर्ट अनुसार ‘आदिपुरुष’ले रिलिजको १२ औं दिन अर्थात दोस्रो मंगलबार करिब १ करोड ७५ लाख कलेक्सन गरेको छ । यो फिल्मको अहिलेसम्मकै कम कलेक्शन हो । योसँगै ‘आदिपुरुष’को कुल कमाई २७९.६३ करोड पुगेको छ ।

‘आदिपुरुष’ को बक्स अफिसको कमाइ अब सकिएको छ । फिल्मको कमाईको गति दिनानुदिन घट्दै गएको र अब ३०० करोडको क्लबमा सामेल हुन असम्भव देखिन्छ ।

यस्तो अवस्थामा प्रभासको ५०० करोडको बजेटमा बनेको यो फिल्म आफ्नो लागत निकाल्न पूर्ण रूपमा असफल सावित भएको भारतीय मिडिया एबिपी लाइभले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनाल र डब्लुएफपीका नेपाल निर्देशक लोधीबीच भेटवार्ता
२०८३ कार्तिक १३, शुक्रबार
एन-प्याब्सनलाई गृह मन्त्रालयले गर्यो निलम्बन, गतिविधि गरे कारबाहीको चेतावनी
२०८३ कार्तिक १३, शुक्रबार
नेप्से राताम्मे, ३४८ कम्पनीको ८ अर्ब ८९ करोडको शेयर कारोबार
२०८३ कार्तिक १३, शुक्रबार
जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा
२०८३ कार्तिक १३, शुक्रबार
हजार गोलको लक्ष्यमा रोनाल्डोको अर्को फड्को, अल खोलुदविरुद्ध गरे ह्याट्रिक
२०८३ कार्तिक १३, शुक्रबार
मुस्ताङको पर्यटन पुनः सुस्ताउँदै
२०८३ कार्तिक १३, शुक्रबार
अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
२०८३ कार्तिक १३, शुक्रबार