श्रावण ४, २०८२ आइतबार July 20, 2025

भारतले चन्द्रमा मिशन चन्द्रयान–३ लाई जुलाई १३ मा प्रक्षेपण गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले बहुप्रतिक्षित चन्द्रयान मिशन चन्द्रयान ३ को प्रक्षेपणको लागि अनुमानित मिति तोकेको छ।

इसरोका अधिकारीहरूले चन्द्रयान जुलाई १३ मा दिउँसो २ः३० मा प्रक्षेपण गरिन लागेको जनाएका छन्  ।

इसरो प्रमुख एस सोमनाथले भने, अहिले चन्द्रयान–३ अन्तरिक्ष यान पूर्ण रूपमा तयार छ । हामीले परीक्षण पूरा गरिसकेका छौं । हामी अब रकेटको तयारी गर्दैछौं।

उनले चन्द्रयान–३ मा रकेट जडान गरी प्रक्षेपण गरिने बताए । उनले जुलाई १२ र १९ को बीचमा चन्द्रयान–३ प्रक्षेपण गर्न सकिने तर निकटतम मिति तय हुने आशा व्यक्त गरेका छन् ।

अधिकारीहरुका अनुसार चन्द्रयान–३ लाई आन्ध्र प्रदेशको श्रीहरि कोटास्थित सतीश धवन स्पेस सेन्टरबाट प्रक्षेपण वाहन मार्क–३ मार्फत प्रक्षेपण गरिने छ । प्रोपेलेन्ट मोड्युलले ल्यान्डर र रोभरलाई चन्द्रमाको वरिपरि १०० किलोमिटरको परिक्रमामा लैजाने छ। यसमा चन्द्रमाको कक्षाबाट पृथ्वीको ध्रुवीय मापन अध्ययन गर्न स्पेक्ट्रो पोलारिमेट्री पेलोड पनि थपिएको छ।

यसअघि ७ सेप्टेम्बर २०१९ मा भारतको दोस्रो चन्द्र अभियान चन्द्रयान–२ ले चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ असफल भएको थियो । यो चन्द्रमाको सतहको दक्षिणी ध्रुव नजिकै अवतरण गर्नु पर्ने थियो तर चन्द्रमाको सतहमा अवतरण गर्न लाग्दा ल्यान्डर विक्रमसँगको सम्पर्क टुटेको थियो ।

त्यसबेला प्रधानमन्त्री नरेन्द्र मोदी पनि ऐतिहासिक क्षणको साक्षी हुन बेंगलुरुस्थित इसरोको मुख्यालयसमेत पुगेका थिए। अब तेस्रो पटक चन्द्रमा मिशनमा उपस्थित हुनेछन कि हुने छैनन ? त्यो भने अझै तय भएको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार