श्रावण १९, २०८३ मंगलबार August 4, 2026

‘बोली मायाको’ गीतको पोष्टर सार्वजनिक

समय सान्दर्भिक  प्रेम कथामा आधारित “बोली मायाको” गीतमा विश्वाश घिमिरे र सबु बन्जाडेको अभिनय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः विश्वाश घिमिरे र सबु बन्जाडेको अभिनयमा रहेको “बोली मायाको” गीतको पोष्टर सार्वजनिक भएको  छ । उक्त गीत चर्चित गायक शिव बस्नेत र मनमाया वाईवाको स्वरमा रहेको  छ ।

बुटवलको रमणीय स्थलहरुमा छायाँकन गरिएको सो गीतमा चर्चित प्रतिभाले अभिनय गरेका छन्। चर्चित कलाकार विश्वश घिमिरे, सबु बन्जाडेको अभिनय देख्न सकिन्छ भने साथै अन्य कलाकारहरु सृजना पौडेल, शंकर घिमिरे, शृस्ती केशिको पनि अभिनय देख्न सकिन्छ।

यस भिडियोको निर्देशक यसै गीतका  कलाकार  विश्वाश घिमिरे रहेका छन् ।  भिडियोको छायाँकन सुमन कार्कीले गरेका छन् भने सह निर्देशक शंकर घिमिरेले गरेका हुन् । यस गीतको पोष्टर डिजाइनर सुमन श्रेष्ठले गरेका हुन् ।  बोली मायाको वोलको गीत समय सान्दर्भिक  प्रेम कथामा आधारित रहेर निमार्ण गरिएको गीतका मोडल तथा निर्देशक घिमिरेले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया