असार ६, २०८३ शनिबार June 20, 2026

सुशासन, भ्रष्टाचार नियन्त्रण, डेलिभरीलगायत विषयमा पार्टी र सरकारमा गम्भीरता देखिएन – गेजा शर्मा वाग्ले (अन्तवार्ता)

पार्टीमा रूपान्तरणको आवाज उठाउँदै आएका महामन्त्रीविरुद्ध आरोप लगाउनमै केन्द्रीय सदस्यहरूले समय खर्चिरहेका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कांग्रेस केन्द्रीय समिति बैठकलाई कसरी हेरिरहनुभएको छ ?

कांग्रेस लोकतन्त्रवादी पार्टी भए पनि लामो समयदेखि पारदर्शी नभएको, विधि र प्रक्रियासम्मत ढंगले नचलेको जस्ता टीकाटिप्पणी हुँदै आएका थिए । यसपटकको केन्द्रीय समिति बैठकलाई प्रत्यक्ष प्रसारण गराएर पार्टीलाई आमजनता, पार्टीका नेता तथा कार्यकर्तासामु पारदर्शी गराउने प्रयास भएको छ । यसलाई सकारात्मक नै मान्नुपर्छ ।

बैठक सभापति र महामन्त्री पक्षधरबीचको आरोप प्रत्यारोपमै अल्झिरहे जस्तो देखिन्छ नि ? 

लगभग एक वर्षदेखि पार्टीको बैठक बस्न सकेको थिएन । यसबीच राष्ट्रिय राजनीतिमा अनेकौँ आरोह, अवरोह देखिए । पार्टी गठबन्धन सरकारमा सामेल भएको छ । सुशासन, भ्रष्टाचार नियन्त्रण, डेलिभरीलगायत विषयमा पार्टी र सरकारमा गम्भीरता देखिएन । यस क्रममा पार्टीलाई विधिसम्मत ढंगमा चलाउन र पार्टीमा रूपान्तरणको आवाज उठाउँदै आएका महामन्त्रीविरुद्ध आरोप लगाउनमै केन्द्रीय सदस्यहरूले समय खर्चिरहनुभएको छ । यसबाट पार्टी रूपान्तरण प्रक्रिया थप लामो र जटिल हुने सम्भावना देखिन्छ ।

कांग्रेस बैठक मुद्दामा केन्द्रित हुने सम्भावना कति देख्नुहुन्छ ?

अहिलेसम्म यो बैठकमा राष्ट्रिय मुद्दामा निकै कम छलफल भएको देखिन्छ । सदस्यहरू एकअर्काविरुद्धको आरोप प्रत्यारोपबाटै तुष्टि लिइरहेका छन् । महामन्त्रीले प्रस्तुत गरेको प्रतिवेदनमा छलफल सुरु नै भएको छैन । गठबन्धन सरकारको ‘परफर्मेन्स’, डेलिभरी, भ्रष्टाचार नियन्त्रण, सुशासन जस्ता विषयमा उनीहरूको ध्यान पुगेकै छैन । तर, जनताले यिनै विषयमा कांग्रेस बैठकले के बोल्छ, के निर्णय गर्छ र भुइँ तहसम्म त्यसको के प्रभाव पर्छ भनेर नजिकबाट नियालिरहेका छन् । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रिय स्वाभिमानविरुद्ध जाने शक्तिलाई एमालेमा स्थान छैन : महेश बस्नेत
२०८३ असार ६, शनिबार
संवाद, सहमति र लोकतान्त्रिक विधिबाटै नेतृत्व चयन गर्छौँ : रास्वपा महामन्त्री, कविन्द्र बुर्लाकोटी (अन्तवार्ता)
२०८३ असार ६, शनिबार
लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
२०८३ असार ६, शनिबार
रास्वपाको महाधिवेशन प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी
२०८३ असार ६, शनिबार
नेकपा नेता महरा सक्रिय राजनीतिबाट बिदा
२०८३ असार ६, शनिबार
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने
२०८३ असार ६, शनिबार
एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे
२०८३ असार ६, शनिबार