असार २६, २०८२ बिहिबार July 10, 2025

नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । हिजो मृत्यु भएका दैलेखका ३५ वर्षीय पुरुष र आज बिहान मृत्यु भएकी बाजुराकी २ वर्षीय बालिकामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले दैलेखको विद्युत् प्राधिकरण भवनको क्यारेन्टाईनमा रहेका ३५ वर्षीय पुरुष र बाजुराको स्थानीय क्वारेन्टाईनमा रहेकी २ वर्षीय बालिकामा आज सङ्क्रमण पुष्टि भएको जानकारी दिएका छन ।

मृतक बालिका ८ दिन अगाडि बुबा–आमासँगै भारतबाट आएर स्थानीय क्वारेन्टाईनमा बसेको अवस्थामा ज्वरो झाडापखाला तथा श्वासप्रश्वासमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पतालमा भर्ना भई उपचारका क्रममा मृत्यु भएको प्रवक्ता डा।देवकोटाले जानकारी दिएका छन ।

यसै गरी आज थप एक सय ६६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या एक हजार पाँच सय ६७ पुगेको छ ।

प्रवक्ता डा.देवकोटाले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका दुई र तनहुँका एक जना गरी जम्मा तीन जना, नारायणी अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा पर्साका पाँच जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठामा जुम्लामा गरिएको परीक्षणमा कालिकोटका १८ जना, दैलेखका १८ जना र बाजुराका एक जना गरी जम्मा ३७ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिएका छन ।

यसै गरी पशुपन्छी अन्वेषण प्रयोगशाला सुर्खेत तथा प्रदेश अस्पताल अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका २५ जना र सुर्खेतका एक जना गरी जम्मा २६ जना, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुका एक जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका आठ जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका १२ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसै गरी सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका तीन जना र बाजुराका दुई जना गरी पाँच जना, कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका चार जना र मोरङका एक जना गरी जम्मा पाँच जना तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा धनुषाका २१ जना, रौतहटका २९ जना, सर्लाहीका १० जना र कपिलवस्तुका चार जना गरी जम्मा ६४ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका छन ।

नेपालमा हालसम्म एक हजार चार सय ५० जना पुरुष र एक सय १७ जना महिलामा कोरोना भाईरस सङ्क्रमणको पुष्टि भएको छ ।

यसै गरी आज थप एक जना उपचारपछि निको भई डिस्चार्ज भएसँगै हालसम्म कूल दुई सय २० जना उपचारपछि निको भई घर फर्किएका छन् ।

आज भरतपुर अस्पतालबाट मकवानपुरकी २५ वर्षीय उपचार पछि निको भई घर फर्किएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिएका छन ।

हालसम्म एक सय ७२ जना पुरुष र ४८ जना महिला कोरोना भाइरसको उपचारपछि निको भई घर फर्किएको मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार
१० इजरायली बन्धक रिहा गर्न हमास सहमत
२०८२ असार २६, बिहिबार
सूर्यविनायक नगर अस्पताल ५० शय्यामा विस्तार, ट्रमा सेन्टरका रुपमा विस्तार गर्ने योजना
२०८२ असार २६, बिहिबार
खानीखोला हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज मात्रै
२०८२ असार २६, बिहिबार
माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा बस्दै
२०८२ असार २६, बिहिबार
निफ्राको ‘हरित ऊर्जा ऋणपत्र’ आजदेखि कारोबारमा
२०८२ असार २६, बिहिबार
पूर्वमन्त्री कुमार खड्काकांग्रेसको साधारण सदस्यबाटै निष्कासित
२०८२ असार २६, बिहिबार