असार २६, २०८२ बिहिबार July 10, 2025

नर्भिक अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत एक बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालमा भर्ना भएर उपचाररत हेटौंडा उपमहानगरपालिका ४ कि ६१ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पतालमा लगिएको छ ।

पाटन अस्पतालका निर्देशक डा. विष्णु शर्माले कोरोना पुष्टि भएकी महिलालाई पाटन अस्पतालको आइसोलेसनमा राखिएको जानकारी दिएका छन ।

नर्भिक अस्पताललका अनुसार संक्रमित महिलालाई उपचारका लागि बिहीबार राति ल्याइएको थियो । ल्याउनेवित्तिकै उनलाई कोरोना संक्रमितको उपचारका लागि तयार पारिएको आइसोलेसनमा राखिएर उपचार गरिएको थियो। सोही दिनको उनमा कोरोना परीक्षणका लागि स्‍वाब सं‌कलन गरेर पठाइएको थियो ।

नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र सिंहले भने ‘हामीले आइसोलेसनमा नै राखेको बिरामी भएकाले कोही चिकित्सकहरुलाई खतरा भएन,आज उपचारको लागि पाटन अस्पताल पठाएका छौं ।’

आइसोलेसन कक्ष अस्पतालको बाहिरी भागमा बनाएको र आइसोलेसनमा खटिने विशेष टिम भएकाले अस्पतालको अरु सेवामा अप्ठेरो नपर्ने उनले जानकारी दिएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया