असार २६, २०८२ बिहिबार July 10, 2025

सुदूरपश्चिममा २७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७३ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनगढी । सुदूरपश्चिममा आज (मंगलबार) एकैदिन थप २७ जनामा कोरोना पुष्टि भए सँगै संक्रमितको संख्या ७३ पुगेको छ ।

मंगलबार धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा १८ र सुर्खेतको प्रयोगशालामा ९ जना गरी २७ जनामा कोरोना पुष्टि भएको हो ।

धनगढीमा गरीएको परीक्षणमा पुष्टि भएका व्यक्तिको ठेगाना भने खुलाईएको छैन। सुर्खेतमा गरीएको परीक्षणमा भने अछामको मेल्लेख गाउँपालिकाका दुई महिलासहित ८ जना र मंगलसैन नगरपालिकाका एक जना गरी नौँ जनामा कोरोना पुष्टि भएको हो ।

अछाम जिल्लाकै चौरपाटी गाउँपालिकाका एक जनामा हिजो साँझ मात्रै सुर्खेतमा गरीएको परीक्षणमा कोरोना पुष्टि भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया