काठमाडौंः सांगीतिक क्षेत्रका नव स्रष्टा ज्ञानेन्द्र माझीद्धारा रचना गरिएको ‘तिम्रै मायामा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । मायाप्रेमको भावले ओतप्रेत उक्त गीतको भिडियोमा दुई प्रेमिल जोडीको कहानीलाई देखाइएको छ ।
रोनिस तामाङले छायाँकन गरेको भिडियोलाई निर्देशक सुन्जित माझीले निर्देशन गरेका हुन । गीतमा माझी किङ भनेर चिनिएका गायक तथा नायक यमन माझीको संगीत रहेको छ । लामो समयदेखि नेपाल चलचित्र तथा म्युजिक भिडियोहरुमा निर्देशन गर्दै आएका सुन्जितले यस गीतको भिडियोलाई आकर्षक तरिकाबाट निर्देशन गरेका छन । गीतमा ज्ञानेन्द्र माझीको आवाजलाई सुन्न सकिन्छ ।
भिडियोमा जीवन माझी, उषा थापा मगर मुख्य भुमिकामा देखिएका छन भने साथमा रिता बसेल, कुमार दोङ, लक्ष्मी तामाङको अभिनयलाई पनि देख्न सकिन्छ ।
गीत ओएस आर मुभिजबाट सार्वजनिक गरिएको हो ।
भिडियो हेर्नुहोस्ः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया