असार २६, २०८२ बिहिबार July 10, 2025

कोरोना निको हुनेको संख्या २६६ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । मंगलबार एकै दिन ४५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या २६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा रुपन्देहीको भीम अस्पतालबाट २५ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १८ जना निको भएर घर फर्किएका छन् ।

भीम अस्पतालबाट डिस्चार्ज हुनेमा १६ जना रुपन्देहीका र कपिलवस्तुका ९ जना रहेका छन् । उनीहरु ११ देखि २१ औं दिनमा डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन ।

त्यस्तै धरानबाट डिस्चार्ज हुनेमा १७ जना झापाका र एक जना सुनसरीका रहेका छन् । उनीहरु १२ देखि १४ औं दिनमा डिस्चार्ज भएका हुन् ।

त्रिवि शिक्षण अस्पतालबाट एक बालिका र गुल्मी अस्पतालबाट एक युवक पनि डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म कोरोना निको भएर डिस्चार्ज हुनेमा २ सय १२ जना पुरुष र ५४ जना महिला रहेका छन् ।

प्रदेश १ बाट ४८, प्रदेश २ बाट १०४, बागमतीबाट ३०, गण्डकीबाट ३, प्रदेश ५ बाट ७४ र सुदूरपश्चिमबाट ७ जना निको भई घर फर्किएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार