असोज २०, २०८३ मंगलबार October 6, 2026

कोरोना निको हुनेको संख्या २६६ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । मंगलबार एकै दिन ४५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या २६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा रुपन्देहीको भीम अस्पतालबाट २५ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १८ जना निको भएर घर फर्किएका छन् ।

भीम अस्पतालबाट डिस्चार्ज हुनेमा १६ जना रुपन्देहीका र कपिलवस्तुका ९ जना रहेका छन् । उनीहरु ११ देखि २१ औं दिनमा डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन ।

त्यस्तै धरानबाट डिस्चार्ज हुनेमा १७ जना झापाका र एक जना सुनसरीका रहेका छन् । उनीहरु १२ देखि १४ औं दिनमा डिस्चार्ज भएका हुन् ।

त्रिवि शिक्षण अस्पतालबाट एक बालिका र गुल्मी अस्पतालबाट एक युवक पनि डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म कोरोना निको भएर डिस्चार्ज हुनेमा २ सय १२ जना पुरुष र ५४ जना महिला रहेका छन् ।

प्रदेश १ बाट ४८, प्रदेश २ बाट १०४, बागमतीबाट ३०, गण्डकीबाट ३, प्रदेश ५ बाट ७४ र सुदूरपश्चिमबाट ७ जना निको भई घर फर्किएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Communication Ministry signs performance agreement with subordinate bodies
२०८३ असोज २०, मंगलबार
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
२०८३ असोज २०, मंगलबार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
२०८३ असोज २०, मंगलबार
यस वर्षको दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे उत्तम
२०८३ असोज २०, मंगलबार
पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता
२०८३ असोज २०, मंगलबार
कांग्रेस महाधिवेशनमा ७ हजार २५५ मतदाता कायम, शीर्ष पदमा ३० जनाको उम्मेदवारी
२०८३ असोज २०, मंगलबार
‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्छ’ – अध्यक्ष अञ्जन श्रेष्ठ
२०८३ असोज २०, मंगलबार