श्रावण १९, २०८३ मंगलबार August 4, 2026

अभिनेता सानु ताम्राकार रहेनन्

नर्भिक अस्पतालमा उपचारको क्रममा निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अभिनेता सानु ताम्राकारको ७४ वर्षको उमेरमा निधन भएको छ। शनिबार दिउँसो ३ः२० बजे नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।

उनी २८ दिनदेखि मिर्गौलासम्बन्धी समस्याको उपचार गराइरहेका थिए ।

गत असार २१ गते छोरा सारुकको निधन भएपछि पुत्र वियोगले  चिन्तित रहेका ताम्राकार मिर्गौलाको उपचार गर्दागर्दै थप कमजोर भएका थिए ।

ताम्राकारको पार्थिव शरीरलाई आइतबार पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी रहेको अध्यक्ष निरौलाले जनाए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया