श्रावण ४, २०८२ आइतबार July 20, 2025

साओमी प्याड सिक्स नेपाली बजारमा, मूल्य ४० हजार रुपैयाँ

नेपालमा साओमी प्याड सिक्स ६+१२८ जीबी भेरियन्टको मूल्य ३९ हजार ९९९  रुपैयाँ र ८+२५६ जीबी भेरियन्टको मूल्य  ४३ हजार ९९९  रुपैयाँ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली बजारमा साओमीले नयाँ ट्याब्लेट साओमी प्याड सिक्स (Xiaomi Pad 6) सार्वजनिक गरेको छ । यो प्याडमा ११ इन्चको डिस्प्ले, क्वालकम स्न्यापड्रागन ८७०, १४४ हर्जसम्म रिफ्रेस रेट र ८८४० एमएएच क्षमताकाे ब्याट्री, ब्लुटुथ ५.२ र वाई-फाई ६ सपोर्ट दिइएकाे छ ।

४९० ग्राम तौल र ६.५१ मिलिमिटर चौडाइ भएको यो प्याड एकदमै हलुका र उपयोगी रहेको कम्पनीको भनाइ छ । साथै आईपी ५३ रेटेड भएकोले यसले कुनै पनि समस्याबिना केही मात्रामा पानी र धुलो पनि ह्यान्डल गर्नसक्ने कम्पनीले जनाएकाे छ ।

”ईमेल र कल जस्ता कामका लागि प्रयोग गर्न सकिने ट्याब्लेट खोजिरहेका व्यक्तिहरूका लागि साओमी प्याड सिक्स एउटा कम्प्याक्ट अल–इन– वान सोलुसन हो । साथै भिडिओ हेर्ने वा संगीत सुन्ने जस्ता रमाइलो कुराहरूका लागि पनि यो डिभाइस प्रयोग गर्न सकिन्छ,” कम्पनीले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

यसमा १३ मेगापिक्सेलको रियर क्यामेरा छ, जसले ३० एफपीएसमा फोरके भिडिओ रेकर्ड गर्न सक्छ । त्यस्तै ८ मेगापिक्सेलको फ्रन्ट क्यामेराले ३० एफपीएसमा फुल एचडी भिडिओ रेकर्ड गर्न सक्छ ।

नेपालमा साओमी प्याड सिक्स ६+१२८ जीबी भेरियन्टको मूल्य ३९ हजार ९९९  रुपैयाँ र ८+२५६ जीबी भेरियन्टको मूल्य  ४३ हजार ९९९  रुपैयाँ रहेको छ । कम्पनीले दराज अनलाइन मार्केटप्लेसमा साेमबार याे डिभाइसकाे प्रिबुकिङ खुलाएकाे छ

साओमीले याेसँगै साओमी प्याड सिक्स किबोर्ड र साओमी स्मार्ट पेन सेकेण्ड जेनेरेशन पनि सार्वजनिक गरेको छ, जसकाे मूल्य क्रमशः साढे आठ रुपैयाँ र १० हजार रुपैयाँ तोकिएको छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया