श्रावण १९, २०८३ मंगलबार August 4, 2026

विष्णु माझीको तीज गीत ‘बलमा’(पुतलीको भट्टी-१९) सार्वजनिक (भिडियो सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली नारीहरुको महानचाड हरितालिका तीज नजिकिंदै छ । तीज आउन जम्माजम्मी १० दिनमात्रै बाँकी रहँदा तीजका गीतहरु बजारमा ह्वारह्वार्ती सार्वजनिक भईरहका छ्न ।

प्रत्येक वर्षको तीजमा सयौंको संख्यामा तीज गीत सार्वजनिक हुने गरेको छ । यद्धपि आम मानिसहरुले भने गायिका विष्णु माझीको स्वरमा सजिएको गीत नसुनेसम्म तीज आएको महसुश नै गर्दैनन् । गीत संगीतका पारखीहरु भन्छन् ‘जब विष्णु माझीको तीज गीत सार्वजनिक हुन्छ तव मात्रै तीजले छपक्कै छोपेको महशुस हुन्छ’ ।

गत २ वर्ष उनको ‘चरी जेलैमा’ नामका भाग एक र २ गीत बजारमा ब्लकबस्टर बन्यो गीतमात्रै ब्लकबस्टर बनेन् उक्त गीत विष्णुकै वास्तविक जीवनसँग मेल खाएको बताइयो । उनका श्रीमान् सुन्दरमणि अधिकारीविरुद्ध प्रहरीमा उजुरीसमेत पर्यो सुन्दरमणिले प्रहरीकहाँ पुगेर पत्नी तथा गायिका माझीको अवस्थाबारे स्पष्टीकरण दिनुपरेको थियो ।

उनै सुन्दरमणिकै संगीत र भिडियो निर्देशनमा माझीले यस वर्षको नयाँ तीज गीत ‘बलमा’ (पुतलीको भट्टी-१९) सार्वजनिक भएको छ । माझीको एकल स्वरमा रहेको उक्त गीत बुधबार साँझ युट्युबमा रिलिज भएको छ ।

सुन्दरमणि अधिकारीको शब्दर संगितमा सार्वजनिक गीतमा विष्णु माझीको स्वर रहेको छ । माझी झण्डै २ दशकदेखि गुमनाम रहेकी छन् । स्टुडियोमा गीत रेर्कड भइरहने गत सार्वजनिक भइरहे पनि माझी सार्वजनिकरुपमा नदेखिएको झण्डै २ दशक हुन लागिसकेको छ ।

जानकारहरु उनका श्रीमान सुन्दरमणि अधिकारीका कारण उनी सार्वजनिक रुपमा अगाडि नआएको दाबी गर्दछन् । यद्धपि विष्णुले भने २ वर्ष अगाडि गृह जिल्ला स्याङ्जा पुगेर आफूलाई कोही कसैले पनि दबाब नदिएको बताएकी थिइन् ।

यस्तो छ विष्णुको नयाँ तीज गीत बलमा 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार