असार १३, २०८३ शनिबार June 27, 2026

आचार्य बन्धु समाज महिला बिभागले आज शनिवार छोरी चेलीलाई नचाई नचाई दर खुवाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आचार्य बन्धु समाज नेपाल महिला केन्द्रीय बिभागले छोरी बुहारी तीज कार्यक्रम भब्य रुपमा मनाउने भएको छ । आज शनिबार दिउसो १ बजेबाट साँझ ६ बजेसम्म सम्पन्न हुने उक्त कार्यक्रममा नाचगान, रमाइलो र खानपीनमात्र हुने जानकारी समाजकी सचिव बबिता शर्मा आचार्यले जानकारी दिईन् ।

कौडिन्य गोत्रीय आचार्यहरुको केन्द्रीय महिलाहरुको बिभागकी अध्यक्ष अम्बिका रुपाखेती आचार्यले काठमाडौंमा भदौं २३ गतेका लागि भब्य रुपमा छोरीबुहारी दर खाने कार्यक्रम आयोजना गरिने पुर्ववत् निर्णय यथावत रहेको र उक्त कार्यक्रममा कौडिन्य गोत्रीय छोरीबुहारीलाई उपस्थितिका लागि सार्बजनिक आह्वान समेत गरिन् ।

पाँच सय भन्दा बढी कौडिन्य गोत्रीय आचार्यका छोरी तथा बुहारीको उपस्थितिमा कार्यक्रम गर्ने भन्दै गायत्री आचार्यले यसै अनुसार कार्यक्रम तय गरिएको बताईन् । नेपालभरबाट काठमाडौं उपत्यका आई बसोबास गर्नुहुने, काठमाडौं उपत्यकामा स्थायी बसोबास हुनुभएका तथा काठमाडौं बाहिरबाट सहभागी हुन चाहनु हुनेलाई यथाशक्य योगदान गर्न सकिने ब्यवस्था भएको कोशाध्यक्ष गिता चापागाई आचार्यले बताईन् ।

कार्यक्रम भब्य र सभ्य बनाउन सबैले आ–आफ्नो स्थानबाट लाग्नुपर्ने भन्दै आचार्य बन्धु समाज नेपालकेन्द्रीय महिला बिभागले छोरीबुहारी बीचमा सुमधुर सम्बन्ध स्थापना तथा कायम राख्न महिलाहरुको महत्वपूर्ण पर्व हरितालीका तीजमा दर खाने कार्यक्रम राखिएको बताउँदै उक्त कार्यक्रममा उपस्थितिका लागि केन्द्रीय समिति, बागमती प्रदेश समिति तथा जिल्ला समितिहरुलाई अनुरोध गरेको छ ।

बडादशैं, दीपावली, नयाँ बर्षलगायतका बिभिन्न कार्यक्रम गरेको भएपनि तीज कार्यक्रम पहिलोपटक आचार्य बन्धु समाज नेपालले आयोजना गरेकोआचार्य बन्धु समाज नेपाल बागमती प्रदेशका महासचिव अधिवक्ता लक्ष्मण आचार्यको तर्क छ। केहीदिन अगाडी प्रदेश अधिवेशन सफलतापुर्वका सम्पन्न गरेको आचार्य बन्धु समाज नेपाल पछिल्ला दिनहरुमा बिश्वभर सकृय हुँदै गईरहेको छ ।

No description available.

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेमा अध्यक्ष हटाउने एजेन्डा छैन, पुनर्गठनबारे भ्रम फैलाइयो : एमाले उपमहासचिव, लेखराज भट्ट (अन्तवार्ता)
२०८३ असार १३, शनिबार
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन बन्द गरिने
२०८३ असार १३, शनिबार
लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर
२०८३ असार १३, शनिबार
तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव
२०८३ असार १३, शनिबार
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
२०८३ असार १३, शनिबार
अमेरिका-इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
२०८३ असार १३, शनिबार
राष्ट्रपति प्रबोवोको नीतिविरुद्ध सुराबायामा प्रदर्शन, दर्जनौँ पक्राउ
२०८३ असार १३, शनिबार