श्रावण ३१, २०८३ आइतबार August 16, 2026

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको शानः लायन्स ३२५ आरलाई ‘वर्ल्ड टप डिष्ट्रिक्ट’ सम्मान

लायन्स डिष्ट्रिक्ट ३२५ आर विश्वकै ‘टप डिष्ट्रिक्ट’, नेपाललाई ऐतिहासिक अन्तर्राष्ट्रिय सम्मान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

हङकङ । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आर, नेपालले अन्तर्राष्ट्रिय स्तरमा ऐतिहासिक सफलता हासिल गर्दै विश्व लायन्स आन्दोलनमा नेपालको नाम उच्च बनाएको छ। हङकङमा सम्पन्न लायन्स अन्तर्राष्ट्रियको १०८औँ वार्षिक सम्मेलनमा डिष्ट्रिक्ट ३२५ आर पहिलो पटक ‘वर्ल्ड टप डिष्ट्रिक्ट (World Top District)’ को प्रतिष्ठित सम्मानबाट सम्मानित भएको हो।

यो सम्मान लायन्स अन्तर्राष्ट्रियले विश्वभरका हजारौँ डिष्ट्रिक्टमध्ये उत्कृष्ट सेवा, सदस्य विस्तार, नेतृत्व विकास, प्रशासनिक कार्यसम्पादन, सामुदायिक प्रभाव र समग्र उपलब्धिका आधारमा प्रदान गर्ने उच्चतम मान्यतामध्ये एक हो। यससँगै डिष्ट्रिक्ट ३२५ आरले नेपाली लायन्स इतिहासमा नयाँ कीर्तिमान कायम गरेको छ।

डिष्ट्रिक्ट गभर्नर नबराज सापकोटाले यो उपलब्धि कुनै एक व्यक्तिको नभई सम्पूर्ण डिष्ट्रिक्ट परिवारको सामूहिक मेहनत, अनुशासन, समर्पण र सेवाभावको प्रतिफल भएको बताए। उनले डिष्ट्रिक्टका सम्पूर्ण सदस्य, पूर्व गभर्नर, मेन्टर, डीजी टिम, जीएटी (Global Action Team), जोन तथा रिजन चेयरपर्सन, क्लब अध्यक्ष, पदाधिकारी, सदस्य तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै उनीहरूको अथक योगदानकै कारण अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान थप उचो बनेको उल्लेख गरे।

सापकोटाका अनुसार कार्यकालको सुरुदेखि नै स्पष्ट लक्ष्य निर्धारण गरी त्यसलाई योजनाबद्ध रूपमा कार्यान्वयन गरिएको थियो। प्रत्येक क्लबलाई सेवा गतिविधि विस्तार, सदस्यता वृद्धि, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा सक्रिय बनाइएको थियो। सबै तहबीचको समन्वय, नियमित अनुगमन तथा परिणाममुखी कार्यशैलीले डिष्ट्रिक्टलाई उत्कृष्ट प्रदर्शन गर्न सफल बनाएको उनले बताए।

डिष्ट्रिक्ट ३२५ आरका अनुसार सन् २०२५–२६ को कार्यकालमा देशभर ३ हजार ६ सयभन्दा बढी सेवा गतिविधि सञ्चालन गरिएका थिए। ती कार्यक्रमबाट करिब चार लाख नागरिक प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

सेवा कार्यक्रमहरू स्वास्थ्य शिविर, निःशुल्क उपचार, रक्तदान, नेत्र परीक्षण तथा मोतियाबिन्दु शल्यक्रिया, विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण, विद्यालय पूर्वाधार निर्माण, वृक्षारोपण, वातावरण संरक्षण, विपद् व्यवस्थापन, राहत वितरण, खाद्यान्न सहयोग, भोकमरी न्यूनीकरण, स्वच्छ खानेपानी, सरसफाइ तथा सामुदायिक विकासलगायतका क्षेत्रमा केन्द्रित थिए।

डिष्ट्रिक्टले दृष्टि संरक्षण (Vision), मधुमेह नियन्त्रण, बाल क्यान्सर सचेतना, युवा सशक्तीकरण, महिला नेतृत्व विकास, मानसिक स्वास्थ्य तथा मानवीय सहयोगका क्षेत्रमा पनि उल्लेखनीय कार्यक्रम सञ्चालन गरेको जनाएको छ। यिनै गतिविधिको प्रभाव, पारदर्शिता र प्रभावकारी प्रतिवेदनका आधारमा अन्तर्राष्ट्रिय मूल्याङ्कनमा डिष्ट्रिक्ट ३२५ आर उत्कृष्ट ठहरिएको हो।

गभर्नर सापकोटाले विश्वकै उत्कृष्ट डिष्ट्रिक्टको सम्मान प्राप्त गर्नु अन्तिम उपलब्धि नभई अझ ठूलो जिम्मेवारीको सुरुआत भएको बताए। आगामी दिनमा अझ प्रभावकारी, पारदर्शी, उत्तरदायी र परिणाममुखी सेवा अभियान सञ्चालन गर्दै समाजमा दिगो सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता उनले व्यक्त गरे।

उनले लायन्स अन्तर्राष्ट्रियको मूल मन्त्र “We Serve” लाई व्यवहारमा उतार्दै मानव सेवामार्फत समाज रूपान्तरणको अभियानलाई अझ सशक्त बनाइने बताए। सेवा, नेतृत्व, सहकार्य र मानवीय सहयोगका क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्दै विश्वसामु नेपाललाई उदाहरणका रूपमा प्रस्तुत गर्ने लक्ष्य रहेको उनको भनाइ छ।

हङकङमा सम्पन्न सम्मेलनमा विश्वका विभिन्न देशका हजारौँ लायन्स सदस्य, अन्तर्राष्ट्रिय पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सम्मेलनमा उत्कृष्ट सेवा गर्ने डिष्ट्रिक्ट, क्लब तथा नेतृत्वलाई विभिन्न विधामा सम्मान गरिएको थियो, जसमध्ये डिष्ट्रिक्ट ३२५ आरले प्राप्त गरेको ‘वर्ल्ड टप डिष्ट्रिक्ट’ सम्मानलाई नेपाली लायन्सको इतिहासमा हालसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय उपलब्धिका रूपमा हेरिएको छ।

यस सम्मानसँगै नेपालमा सञ्चालित सामाजिक सेवा अभियानले विश्व समुदायबाट उच्च मूल्याङ्कन प्राप्त गरेको सन्देश गएको छ। लायन्स सदस्यहरूले यो उपलब्धिलाई सम्पूर्ण नेपालीहरूको गौरवका रूपमा लिँदै आगामी दिनमा अझ व्यापक सामाजिक सेवामार्फत देश र समाजप्रति आफ्नो दायित्व निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सम्मानित हुनुभएका नवराज सापकोटाज्यूलाइ हाम्रो मिडियाको तर्फबाट पनि बिशेष बधाइ तथा शुभकामना ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार