श्रावण १९, २०८३ मंगलबार August 4, 2026

चलचित्र ‘एक भगवत् गीता’ विवादमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः विश्व हिन्दू महासङ्घ, शिव सेना नेपाल, विश्व हिन्दू युवा सङ्घ, जगतगुरु आश्रमलगायत १३ संस्था आबद्ध हिन्दू जागरण नेपालले चलचित्र ‘एक भगवत् गीता’को शीर्षक र पात्रले सनातन धर्ममाथि चोट पुर्‍याएको भन्दै प्रदर्शन रोक्न माग गरी चलचित्र विकास बोर्डमा निवेदन दिएपछि जाँचपास रोकिएको छ ।

निर्माण पक्षले बोर्डले जाँचपास रोकेको गुनासो गरेको छ । चलचित्र यही भदौ २९ गतेबाट प्रदर्शनका लागि तय भएको थियो । बोर्डका प्रवक्ता केएल बुढाथोकीले दुवै पक्षलाई मिलाएर अगाडि बढ्नुपर्ने भएकाले बोर्डको बैठकमार्फत निर्णय गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “बोर्ड र मातहतको मन्त्रालयमा निवेदन परेको हुँदा दुवै पक्षलाई संवादका लागि हामीले पहल गरेका हौँ । जाँचपास रोकेका छैनौँ, प्रक्रियामै छौँ । निवेदन परेकाले प्रक्रिया केही लम्बिएको हो ।”

जागरण नेपालका अध्यक्ष रामकृष्ण पोखरेलले बोर्डलाई दिनुभएको निवेदनमा कथासारसँग कुनै सम्बन्ध नरहेको शीर्षक व्यावसायिक प्रयोजनका लागि मात्र प्रयोग गरेर सनातन धर्म–संस्कृतिमाथि आँच पुर्‍याएको दाबी गरिएको छ ।

“श्रीमद्भागवत गीताको नामको दुरुपयोग गर्न खोजिएको हाम्रो ठहर छ । त्यसकारण नाम परिवर्तन गरेर चलचित्र प्रदर्शन गर्न हामी आग्रह गर्छौं । नाम परिवर्तन भएमा हामीलाई कुनै आपत्ति छैन”, निवेदनमा उल्लेख छ ।

निर्माता सुनिलकुमार थापाले भने बोर्डबाट नै नामको स्वीकृति लिएर चलचित्र निर्माण गरिएको बताउनुभयो । “हामीले कथासार बुझाएर नामको स्वीकृति लिएर छायाङ्कन गर्‍यौँ । अहिले नाम परिवर्तन गर्दा हामीलाई व्यवसायीक क्षति हुन्छ”, निर्माता थापाले भन्नुभयो, “हाम्रो काम वा उद्देश्यले दिने सन्देशलाई मूल्याङ्कन गर्न जाँचपास समिति छ । उहाँहरूले चलचित्र हेरेर दिनुहुने निर्णय मान्न म तयार छु । यद्यपि जाँचपासकै सिफारिस नपाउनु मलाई अन्याय गरिएको हो ।”

झरना थापा निर्देशित चलचित्रमा विपिन कार्की, सुहाना थापा र धीरज मगरलगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार