भाद्र ३, २०८३ बुधबार August 19, 2026

ई-सेवा मनी ट्रान्सफरकाे काठमाडाैंमा घर याेजना सार्वजनिक

याे अभियान आउँदाे वर्षकाे असार ३१ गतेसम्म जारी रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ई–सेवा मनी ट्रान्सफरले ‘मेरो डिजिटल देश’ अभियानअन्तर्गत यस वर्ष पनि घर दिने याेजना ल्याएकाे छ ।

ललितपुरकाे पुल्चाेकमा भएकाे पत्रकार सम्मेलनमा ई–सेवाले ‘मेरो डिजिटल देश’ अभियानमार्फत फेरि पनि काठमाडाैंमा घर योजना सार्वजनिक गरेको हाे । साेमवारदेखि शुरू भएकाे याे अभियान आउँदाे वर्षकाे असार ३१ गतेसम्म जारी रहने कम्पनीले जनाएकाे छ ।

परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई डिजिटलतर्फ लैजाने अभिप्रायका साथ ई–सेवाले यो अभियान शुरु गरेकाे हाे । यस अभियानअन्तर्गत संसारका कुनै पनि देशमा रहेका नेपालीले स्वदेशमा इच्छाएको व्यक्तिको ई–सेवा वालेटमा पैसा पठाएर सहभागिता जनाउन सक्नेछन् । यस अभियानमा चार जना परिवारलाई विशेष कोसेली, हरेक महिना एक जनाको पैसा डबल तथा बम्पर उपहारमा एक जनाले काठमाडाैंमा घर प्राप्त गर्ने कम्पनीले जनाएकाे छ ।

अभियानबारे बाेल्दै एफवान सफ्ट ग्रुपका निर्देशक सुवास शर्माले भने, ‘यो योजना वैदेशिक रोजगारीमा रहेका नेपाली व्यक्तिहरूले गरेको समर्पण र बलिदानप्रति हाम्रो प्रशंसाको प्रतीक हो । विदेशमा काम गर्ने प्रत्येक नेपालीको एउटा आकाङ्क्षा भनेको काठमाडाैंमा घर बनाउनु हो र यस अभियानको माध्यमबाट हामीले कम्तीमा एउटा व्यक्तिको सपना पूरा गर्न सक्नेछौँ । साथै ई–सेवा मनी ट्रान्सफर र ई–सेवाको संयुक्त प्रयासले यस अभियानलाई अझै धेरै डिजिटल बनाउन सहयाेग पुग्नेछ ।’

अभियानबारे एफवान सफ्ट ग्रुपका ग्रुप स्ट्राटेजी निर्देशक डेनियल डी श्रेष्ठले भने, ‘ई–सेवा मनी ट्रान्सफरको स्थापनाकालदेखि नै आर्थिक विकासमा महत्त्वपूर्ण योगदान रहेको छ । यस योजनाअन्तर्गत विदेशमा बसोबास गर्ने र रोजगारीमा रहेका सबै नेपालीलाई डिजिटल इकोसिस्टममा सक्रिय रूपमा सहभागी हुन र आफ्नो रेमिट्यान्स आवश्यकताहरूका लागि वैधानिक माध्यम प्रयोग गरी राष्ट्रको समग्र आर्थिक उन्नतिमा योगदान दिन प्रोत्साहित गर्दछु ।’

ई–सेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले ई–इसेवा र ई–सेवा मनी ट्रान्सफरको संयुक्त प्रयासबाट विदेशमा रहेका नेपालीले डिजिटल माध्यमबाट केही मिनेटमै नेपालमा सहजै पैसा पठाउन मिल्ने बताए । उनले भने, ‘यो अभियानमार्फत देशको अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने र रेमिट्यान्स सेवाको गुणस्तर र विश्वसनीयतालाई उकास्नेछ भन्ने हाम्रो विश्वास छ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बागमतीमा एमालेलाई मुख्यमन्त्री, नेकपालाई सभामुख र राप्रपालाई तीन मन्त्रालयको भागवण्डा
२०८३ भाद्र ३, बुधबार
भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता
२०८३ भाद्र ३, बुधबार
दुर्गा प्रसाईंको राजनीतिक स्वार्थका कारण धर्नामा रहेका नागरिकको जीवन सङ्कटमा
२०८३ भाद्र ३, बुधबार
युक्रेनलाई पूर्ण समर्थन जारी राख्ने बेलायतको प्रतिबद्धता
२०८३ भाद्र ३, बुधबार
निर्णय नमान्ने बागमतीका सांसद कारबाहीका भागीदार : लिङदेन
२०८३ भाद्र ३, बुधबार
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने सरकारको निर्णय
२०८३ भाद्र ३, बुधबार
‘बालश्रमसम्बन्धी विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८३ भाद्र ३, बुधबार