असार २४, २०८२ मंगलबार July 8, 2025

वीरगञ्जमा पसल खुलेपछि बढ्यो चहलपहल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२५ जेठ, पर्सा । स्थानीय प्रशासनको अनुमतिले बजारमा रहेका पसल खुला भएपछि देशकै आर्थिक राजधानी वीरगञ्ज बजारमा सर्वसाधारणको चहलपहल बढेको छ । बन्दाबन्दीलाई खुकुलो बनाउँदै जिल्ला प्रशासन कार्यालय पर्साले जोरबिजोर पद्धतिमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म पसल सञ्चालन गर्न अनुमति दिएपछि वीरगञ्ज बजारमा सर्वसाधारणको चहलपहल बढेको हो ।

समाजिक दूरीलाई कायम राख्दै कपडा, बिजुली, इलेक्ट्रोनिक्स, खाद्यान्नलगायतका पसल सञ्चालनमा आएपछि वीरगञ्जका व्यापारी र उपभोक्ता दुवै खुशी भएका छन् ।

कोरोना भाइरसबाट सङ्क्रमित फेला पर्ने क्रम जिल्लामा कम भएपछि लकडाउनलाई खुकुलो बनाउँदै जोरबिजोर पद्धतिमा पसल सञ्चालन गर्न अनुमति प्रदान गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । उनले कोरोनाका कारण अवरुद्ध भएको आर्थिक गतिविधि बजार खुलेसँग विस्तारै सहज हुँदै जाने विश्वास व्यक्त गरे । उनले सर्वाजनिक तथा निजी सवारीका साधन सञ्चालनमा रोक लगाउँदै मास्कको प्रयोगलाई पर्सामा अनिवार्य नै राखिएको बताए ।

सहज परिस्थितिमा सरसामान खरिदका लागि बारा, पर्सा, रौतहट, सर्लाही र मकवानपुरबाट समेत उपभोक्ता वीरगञ्ज बजारमा आउने गरेका छन् । जिल्लामा रहेको औषधि, किराना तथा दूध, तरकारीलगायतका उपाभोग्य वस्तुको पसल निर्वाधरूपमा सञ्चालन गर्न स्थानीय प्रशासनले अनुमति दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार