काठमाडौँ । नेपालमा आज आइतबार बिहानै ३८ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशका स्याङ्जा, वागलुङ, गोरखा, नवलपरासीका थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा, स्याङ्जाको वालिङ नगरपालिकामा २९, ४९, ३४, ५२, ३८, ३१, २४, २७, ४६, ३७, २१, १८, ३२ वर्षीय पुरुष्मा संक्रमण देखिएको हो । त्यस्तै स्याङ्जाकै भिरकोट नगरपालिका ४५ वर्षीय पुरुष, बागलुङको बडिगाड गाउँपालिका २५, ३२, २५, ५२, ४२, २२, २१, २९, २६ र उमेर नखुलेका १ जना पुरुष र ढोरपाटन नगरपालिका २६ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।
आजै पुष्टि हुनेमा गोरखाको पालुङ्टार नगरपालिकामा १७ वर्षीय पुरुष र गण्डकी गाउँपालिकामा २५, ३२, २०, ४३, ३०, २०, २१, २१, २३ वर्षीय पुरुष समेत रहेका छन् ।
त्यस्तै पूवी नवलपरासी (नवलपुर) को हुप्सेकोट गाउँपालिकामा ४ जना संक्रमित थपिएका छन् । हुप्सेमा २०, ३५, ३५ र ४५ वर्षीय पुरुषमा कोरोना भाइरस पुष्टि भएको हो ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११३ पुगेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया