असोज २४, २०८३ शनिबार October 10, 2026

एउटै फेसबुक अकाउन्टबाट चारवटा प्रोफाइल बनाउन मिल्ने फिचर सार्वजनिक

अब एउटै युजरनेमबाट व्यक्तिले चारवटासम्म खाता खोल्न सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः मेटाले फेसबुक प्रयोगकर्ताहरूका लागि नयाँ फिचर सार्वजनिक गरेको छ।

फेसबुक प्रयोगकर्ताले अब आफ्नो अकाउन्टमा चारवटासम्म प्रोफाइल बनाउन सक्ने फिचर मेटाले सार्वजनिक गरेको हो। हाल फेसबुकमा मल्टिपल अर्थात् एउटा युजरनेमबाट एउटा मात्रै खाता बनाउन वा खोल्न मिल्छ। यो फिचर सुरू भएसँगै अब एउटै युजरनेमबाट व्यक्तिले चारवटासम्म खाता खोल्न सक्नेछन्।

केही व्यक्तिहरू आफ्नो व्यावसायिक र व्यक्तिगत जीवन फरक-फरक राख्न रुचाउँछन‍्। त्यस्ता व्यक्तिहरू फेसबुकमा सोही तरिकाले आफ्नो प्रोफाइल बनाउन खोज्छन्। तर अहिले फेसबुकमा त्यो सम्भव छैन। नयाँ फिचर आएसँगै यस्तो सम्भव हुने बताइएको छ।

नयाँ फिचरबारे फेसबुकले भनेको छ, ‘हामीले प्रयोगकर्ताहरूबाट उनीहरूको साथी, भिन्न समूह, र आफूले चासो राख्ने व्यक्तिहरूलाई छुट्टाछुट्टै ग्रुपमा राख्न सक्यौं भने उनीहरूलाई सान्दर्भिक लाग्ने श्रोताहरूसँग संलग्न हुन स्वतन्त्र महसुस हुन्छ भन्ने सुन्यौं। यही कुरालाई पनि ध्यानमा राख्दै नयाँ फिचर सार्वजनिक गरेका छौं। एउटै व्यक्तिले धेरै व्यक्तिगत प्रोफाइलहरू बनाउँदा विभिन्न मानिसहरूको समूहलाई संगठित गर्न मद्दत मिल्नेछ।’

मेटाले सो घोषणा शुक्रबार अर्थात् सेप्टेम्बर २१ मा मात्रै गरेको हो। यो फिचर विश्वव्यापी रूपमा नै सुरू भएको जनाइएको छ। यद्यपि यो फिचर सबै स्थानबाट प्रयोग गर्नका लागि केही समय लाग्ने समेत जानकारी गराइएको छ।

सन् २०२३ को जुलाईसम्मको डेटा हेर्दा फेसबुकका मासिक सक्रिय प्रयोगकर्ता विश्वभर तीन अर्बभन्दा बढी छन्। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज
२०८३ असोज २४, शनिबार
एमालेको चुनावी रणनीति : राष्ट्रिय भेला, नेतृत्व पुनःगठन र घरदैलो अभियान चलाउने
२०८३ असोज २४, शनिबार
युद्ध अन्त्यको प्रयासमा अमेरिका, युक्रेन र युरोपेली अधिकारीबीच वार्ता
२०८३ असोज २४, शनिबार
कोशी प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य
२०८३ असोज २४, शनिबार
राजनीतिमा स्पष्ट विचार र नीतिप्रति अडिग हुनुपर्छ : शशांक कोइराला
२०८३ असोज २४, शनिबार
Traffic resumes on BP Highway
२०८३ असोज २४, शनिबार
सभापति गगन थापाको प्रतिबद्धता : कांग्रेस छाडेका नेता–कार्यकर्तालाई पुनः पार्टीमा फर्काउँछौँ
२०८३ असोज २४, शनिबार