भाद्र ३, २०८३ बुधबार August 19, 2026

नेपाल टेलिकमको ‘अटम अफर’ सार्वजनिक : १३ रूपैयाँमा १२ घण्टा अनलिमिटेड कल सुविधा

प्रिपेडमा पनि सजिलो अनलिमिटेड ६३६ अफर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: नेपाल टेलिकमले असोज २५ गतेदेखि लागु हुने गरी ‘अटम अफर’ सार्वजनिक गरेको छ।

अफर अन्तर्गत कम्पनीले अनलिमिटेड अन-नेटभोइस प्याकेज ल्याएको छ। जसमा १३ रूपैयाँमा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म नेपाल टेलिकमको नेटवर्कमा असीमित कुराकानी गर्न सकिने भएको छ।

त्यसैगरी सोही अनलिमिटेड अन-नेट भोइस प्याकेज अन्तर्गत १३ रूपैयाँमा बेलुकी १० बजेदेखि बिहान ६ बजेसम्म नेपाल टेलिकमको नेटवर्कमा असीमित कुराकानी गर्न सकिने छ। यस्तै अल नेट भोइस प्याकअन्तर्गत १८ रूपैयाँमा एक दिनभित्र सबै नेटवर्कमा २५ मिनेट कल गर्न सकिने सुविधा उपलब्ध हुनेछ।

यस्तै टेलिकमले अल टाइम डेटा प्याकअन्तर्गत ९५ रूपैयाँमा सात दिनसम्म जुनसुकै समयमा चलाउन सकिने २.५ जिबी डेटा उपलब्ध गराउने छ।

त्यसैगरी आकर्षक सुविधासहितको फोरजीअल टाइम डेटा अफर, युट्युब र फेसबुक चलाउन सकिने सोसल मिडिया प्याक र स्टे कनेक्टेड अल टाइम अफर समेत उपलब्ध हुने कम्पनीले जनाएको छ।

कम्पनीले प्रिपेडमा पनि सजिलो अनलिमिटेड ६३६ अफर उपलब्ध गराएको छ। जसमा ६ सय ३६ रूपैयाँमा नेपाल टेलिकमको नेटवर्कमा अनलिमिटेड भोइस, १५० मिनेट अन्य नेटवर्कमा (अफ-नेट) भ्वाइस, २०० वटा सबै नेटवर्कमा एसएमएस र नौ जीबी डेटासहितको प्याकेज उपलब्ध हुनेछ। सो प्याकेज २८ दिनसम्म चलाउन सकिने लगायतका अफरहरू कम्पनीले ल्याएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बागमतीमा एमालेलाई मुख्यमन्त्री, नेकपालाई सभामुख र राप्रपालाई तीन मन्त्रालयको भागवण्डा
२०८३ भाद्र ३, बुधबार
भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता
२०८३ भाद्र ३, बुधबार
दुर्गा प्रसाईंको राजनीतिक स्वार्थका कारण धर्नामा रहेका नागरिकको जीवन सङ्कटमा
२०८३ भाद्र ३, बुधबार
युक्रेनलाई पूर्ण समर्थन जारी राख्ने बेलायतको प्रतिबद्धता
२०८३ भाद्र ३, बुधबार
निर्णय नमान्ने बागमतीका सांसद कारबाहीका भागीदार : लिङदेन
२०८३ भाद्र ३, बुधबार
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने सरकारको निर्णय
२०८३ भाद्र ३, बुधबार
‘बालश्रमसम्बन्धी विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८३ भाद्र ३, बुधबार