श्रावण ३, २०८२ शनिबार July 19, 2025

नेपाल टेलिकमको ‘अटम अफर’ सार्वजनिक : १३ रूपैयाँमा १२ घण्टा अनलिमिटेड कल सुविधा

प्रिपेडमा पनि सजिलो अनलिमिटेड ६३६ अफर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: नेपाल टेलिकमले असोज २५ गतेदेखि लागु हुने गरी ‘अटम अफर’ सार्वजनिक गरेको छ।

अफर अन्तर्गत कम्पनीले अनलिमिटेड अन-नेटभोइस प्याकेज ल्याएको छ। जसमा १३ रूपैयाँमा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म नेपाल टेलिकमको नेटवर्कमा असीमित कुराकानी गर्न सकिने भएको छ।

त्यसैगरी सोही अनलिमिटेड अन-नेट भोइस प्याकेज अन्तर्गत १३ रूपैयाँमा बेलुकी १० बजेदेखि बिहान ६ बजेसम्म नेपाल टेलिकमको नेटवर्कमा असीमित कुराकानी गर्न सकिने छ। यस्तै अल नेट भोइस प्याकअन्तर्गत १८ रूपैयाँमा एक दिनभित्र सबै नेटवर्कमा २५ मिनेट कल गर्न सकिने सुविधा उपलब्ध हुनेछ।

यस्तै टेलिकमले अल टाइम डेटा प्याकअन्तर्गत ९५ रूपैयाँमा सात दिनसम्म जुनसुकै समयमा चलाउन सकिने २.५ जिबी डेटा उपलब्ध गराउने छ।

त्यसैगरी आकर्षक सुविधासहितको फोरजीअल टाइम डेटा अफर, युट्युब र फेसबुक चलाउन सकिने सोसल मिडिया प्याक र स्टे कनेक्टेड अल टाइम अफर समेत उपलब्ध हुने कम्पनीले जनाएको छ।

कम्पनीले प्रिपेडमा पनि सजिलो अनलिमिटेड ६३६ अफर उपलब्ध गराएको छ। जसमा ६ सय ३६ रूपैयाँमा नेपाल टेलिकमको नेटवर्कमा अनलिमिटेड भोइस, १५० मिनेट अन्य नेटवर्कमा (अफ-नेट) भ्वाइस, २०० वटा सबै नेटवर्कमा एसएमएस र नौ जीबी डेटासहितको प्याकेज उपलब्ध हुनेछ। सो प्याकेज २८ दिनसम्म चलाउन सकिने लगायतका अफरहरू कम्पनीले ल्याएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार