श्रावण ५, २०८२ सोमबार July 21, 2025

एमडीएमएसमा दर्ता नभएका फोन अबको १५ दिनपछि नचल्ने

आईफोन र एक लाख रुपैयाँभन्दा बढी मूल्यका फोनहरूका लागि प्रति सेट १० हजार रुपैयाँ शुल्क तोकियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा दर्ता नभएका मोबाइल अबको १५ दिनपछि नचल्ने भएका छन् ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले शनिबार एक सूचना प्रकाशित गर्दै एमडीएमएसमा दर्ता नभएका फोनमा दूरसञ्चार सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।

यसअघि पनि प्राधिकरणले पटक पटक एमडीएमस लागू गर्ने सम्बन्धमा म्याद थप गरेपनि पूर्ण रूपमा यो प्रणाली कार्यान्वयन हुन सकेको थिएन । सरकारले आर्थिक विधेयक मार्फत शुल्क निर्धारण गर्दै करिब ५० लाखको सङ्ख्यामा रहेका मोबाइल फोन दर्ताका लागि व्यवस्था गरेको थियो ।

यसअन्तर्गत आईफोन र एक लाख रुपैयाँभन्दा बढी मूल्यका फोनहरूका लागि प्रति सेट १० हजार रुपैयाँ, अन्य स्मार्टफोनका लागि प्रति फोन सेट तीन हजार रुपैयाँ र स्मार्टफोन बाहेकका बारफोनका लागि प्रति सेट २०० रुपैयाँ शुल्क निर्धारण गरिएको थियो ।

त्यस्ता मोबाइल दर्ता गर्न भन्दै अनलाइन भुक्तानी सहित छुट्टै वेबसाइट सञ्चालनमा ल्याइएको छ । तर यस अवधिमा थोरै ग्राहकले मात्र निर्धारित शुल्क बुझाएर दर्ता गरेका छन् । ठूलो सङ्ख्यामा रहेका मोबाइल फोन अझै पनि दर्ता भएका छैनन् ।

”यदि १५ दिनभित्र एमडीएमएस प्रणालीमा दर्ता नभएका उक्त मोबाइल ह्यान्डसेटहरूमा नियामनुसार मोबाइल दूरसञ्चार सेवा अवरुद्ध हुने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ,” सूचनामा भनिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया