काठमाण्डौंः लोकिप्रय अमेरिकी टिभी शो फ्रेन्ड्सका चर्चित अभिनेता म्याथ्यु पेरीको मृत्यु भएको छ ।
पेरी लस एञ्जलसस्थित घरमै मृत अवस्थामा भेटिएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् । पेरीले ९० को दशकको लोकप्रिय अमेरिकी टिभी शो फ्रेन्ड्समा शैंडलर बिंगको भूमिका निर्वाह गरेका थिए ।
घटनास्थलमा लागुऔषध नभेटिएको प्रारम्भिक अनुसन्धानमा बताइएको छ । न्यूयोर्क शहरमा बस्ने ६ जना युवाहरुको जिन्दगीमा बनेको फ्रेन्ड्जको प्रसारण सन् १९९४ देपख सन् २००४ सम्म भएको थियो । यो शोको अन्तिम एपिसोड ५ करोड २५ लाख जनाले हेरेका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया