असार २६, २०८२ बिहिबार July 10, 2025

बाजुरामा पिसीआर मेसिन खरिदका लागि बजेट विनियोजन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२७ जेठ, बाजुरा । जिल्लाको बूढीगङ्गा नगरपालिकाले पिसीआर जाँच मेसिन खरिदका लागि रु ३० लाख बजेट विनियोजन गरेको छ ।

पिसीआर जाँच समस्याकै कारण सर्वसाधारणले सास्ती भोग्नुपरेको र कोरोना सङ्क्रमणले थप जोखिम निम्त्याउने भएपछि जिल्लामै जाँचका लागि मेसिन खरिद गर्न रु ३० लाख बजेट विनियोजन गरिएको हो ।

सोमबार बसेको नगर कार्यपालिकाको बैठकले असार पहिलो साताभित्र पिसीआर मेसिन खरिद गरिसक्ने गरी बजेट विनियोजन गरेको नगरप्रवक्ता माया शाहले जानकारी दिइन् । बैठकले मेसिन खरिद र व्यवस्थापनको जिम्मा जिल्ला अस्पताल बाजुरालाई दिने निर्णय गरेको छ ।

बैठकले पिसीआर जाँच मेसिन जिल्ला अस्पतालले व्यवस्थापन गर्न नसकेमा छिमेकी जिल्ला अछामस्थित बयालपाटा अस्पताललाई पनि जिम्मा दिन सकिने गरी निर्णय गरिएको प्रवक्ता शाहको भनाइ छ ।

यस्तै बैठकले कोरोनाको उपचारार्थ खटिएका स्वास्थ्यकर्मीको ज्यान गएमा रु १० लाख क्षतिपूर्ति र सन्तानलाई कक्षा १२ सम्म निःशुल्क पढाइको व्यवस्थापन गर्ने निर्णय गरेको छ । नगरपालिकाले अन्य स्थानीय तहसँगको सहकार्यमा सञ्चालन गर्नुपर्नेमा समेत जोड दिएको छ ।

पिसीआर जाँचमा भएको ढिलाइका कारण कोरोना सङ्क्रमित भेटिएको क्वारेन्टिनमा बसेकाहरुको रिपोर्ट सात दिन बितिसक्दा पनि आएको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया