असार २४, २०८२ मंगलबार July 8, 2025

नगरपालिकाका पदाधिकारीमा कोरोना देखिएपछि सन्धिखर्क नगरपालिका कार्यालय बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२७ जेठ, अर्घाखाचि । सन्धिखर्क नगरपालिकाका पदाधिकारीसहित ३१ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय आजदेखि बन्द हुने भएको छ ।

नगरपालिकामा कायर्रत कर्मचारीको आज स्वाब संकलन गरी परिक्षणका लागि पठाइने र पिसिआर रिपोर्ट नआउँदासम्म सेवा सञ्चालन बन्द गरिने भएको छ । यस्तै नगरपालिकामा पछिल्ला १० दिनसम्म नियमित कामकाजमा खटिएका सम्पूर्ण कर्मचारीलाई होम क्वारेन्टिनमा बस्न अनुरोध गरिएको छ ।

पिसिआर रिपोर्ट नआउँदासम्म कार्यालयको सम्पूर्ण कामकाज तथा सेवा बन्द रहने प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया