असार २६, २०८२ बिहिबार July 10, 2025

कर्णालीमा थप २० जनामा कोरोना पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुर्खेत । कर्णालीमा थप २० जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अनवेषण केन्द्रको प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा भएको परीक्षणबाट थप २० जनामा कोरोना पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये सल्यानका १३ जना, सुर्खेतका ५ जना र जुम्लामा २ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले पुष्टि गरेका छन ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं. ३, ४, ५ र ८ का १२ जना पुरुष, कपुरकोट गाउँपालिका-६ का एकजना पुरुष, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका- १२ की एक महिला र दुईजना पुरुष, गुर्भाकोट नगरापलिका-१४ की एक महिला र सिम्ता गाउँपालिका ६ का एकजना पुरुषमा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

त्यस्तै जुम्लाको हिमा गाउँपालिका-४ की एक महिला र तिला गाउँपालिका-२ का एकजना पुरुष रहेका छन् । योसँगै कर्णालीमा मंगलबारसम्म संक्रमितको संख्या ६७१ पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया