असार २६, २०८२ बिहिबार July 10, 2025

कर्णाली प्रदेशमा मंगलबार थप २० जनामा कोरोना पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२७ जेठ, काठमाडौँ । कर्णाली प्रदेशमा मंगलबार थप २० जनामा कोरोना पुष्टि भएको छ ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार १७ जना पुरुष र ३ जना महिला गरी कुल २० जनामा कोरोना पुष्टि भएको छ ।

नयाँ संक्रमितमा सल्यानका १३ जना, सुर्खेतका ५ जना र जुम्लाका २ जना रहेका छन् ।

नयाँ संक्रमितहरु अहिले स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेको मन्त्रालयले जानकारी दिएको छ । कर्णाली प्रदेशका अहिलेसम्म ११ जना ठिक भएर डिस्चार्ज भएका छन् भने अहिलेसम्म ३ जनाको मृत्यु भएको छ ।

त्यस्तै कर्णाली प्रदेशमा ६७१ जना संक्रमित भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया