काठमाडौंः चलचित्र ‘कबड्डी ४’ युट्युबमा रिलिज भएको छ । निर्माण संस्था बाँसुरी फिल्मस्ले आफ्नै युट्युब च्यानलमार्फत चलचित्र रिलिज गरेको हो ।
रामबाबु गुरुङ निर्देशित चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, गौमाया गुरुङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, प्रकाश घिमिरे, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ ।
नेपालमा सर्वाधिक व्यापार गर्ने नेपाली चलचित्र हो भने विदेशी बजारबाट पनि चलचित्रले आम्दानी राम्रो गरेको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया