मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

सुडानको डार्फरमा २० भन्दा बढी महिला अपहरित : संयुक्त राष्ट्रसङ्घ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सुडानको पश्चिमी डार्फर क्षेत्रको अवस्था दिनप्रतिदिन बिग्रँदै गएको र महिला तथा बालिकालाई अपहरण गरी दासजस्तो अवस्थामा राखिएको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जानकारी गराएको छ ।

सुडानी सेनाप्रमुख अब्देल फत्ताह अल बुरहान र जनरल मोहम्मद हमदान डग्लोको ¥यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीचको युद्धका कारण सुडानमा गत अप्रिलपछि नौ हजारभन्दा बढीको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनमा उल्लेख छ ।

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयकी प्रवक्ता एलिजाबेथ थ्रोसेलले पत्रकार सम्मेलनमा भन्नुभयो, “डार्फरमा आरएसएफको नियन्त्रणमा रहेका क्षेत्रमा महिला र किशोरीहरूलाई अपहरण गरी अमानवीय, अपमानजनक दासजस्तो अवस्थामा राखिएको समाचारबाट हामी निकै चिन्तित छौं ।”

“बाँचेका, प्रत्यक्षदर्शी र अन्य स्रोतबाट प्राप्त विश्वसनीय जानकारीअनुसार २० जनाभन्दा बढी महिला र बालिकालाई लगिएको छ, तर यो सङ्ख्या अझै बढी हुन सक्छ,” उहाँले भन्नुभयो ।

“केही व्यक्तिहरूले महिला र केटीहरूलाई पिक–अप ट्रक र कारमा साङ्लोमा बाँधेको देखेका बताएका छन्,” उहाँले थप्नुभयो ।

सुडानको संयुक्त मानव अधिकार कार्यालयलाई द्वन्द्वसँग सम्बन्धित ५० भन्दा बढी यौन हिंसाका घटनाहरूको विश्वसनीय रिपोर्ट प्राप्त भएको र यसबाट ८६ महिला, एक पुरुष र १८ बालबालिका गरी कम्तीमा १०५ पीडितहरू प्रभावित भएको उहाँले बताउनुभयो ।

तीमध्ये २३ वटा बलात्कारका, २६ वटा सामूहिक बलात्कारका र तीनवटा बलात्कार प्रयासका घटना भएको प्रवक्ता थ्रोसेलले बताउनुभयो ।

रेकर्ड गरिएका यौन हिंसाका घटनाहरूमध्ये कम्तीमा ७० प्रतिशत आरएसएफ वर्दी लगाएका पुरुषहरूसँग जोडिएका उहाँले बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर तुर्कले द्वन्द्वका दुवै पक्षका वरिष्ठ अधिकारीहरूलाई यौन हिंसामा शून्य सहनशीलताको माग गर्दै आफ्ना सेनालाई तत्काल स्पष्ट निर्देशन जारी गर्न आह्वान गर्नुभएको छ ।

यसैबीच, संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता निकाय ओसीएचएले डार्फरमा नागरिकको अवस्था दिनप्रतिदिन खराब हुँदै गएको र हिंसात्मक बन्दै गएको जनाएको छ ।

संयुक्त राज्य अमेरिका र साउदी अरबको मध्यस्थतामा गत साता जेद्दाहमा दुवै पक्ष वार्तामा फर्केका थिए ।

ओसीएचएका प्रवक्ता जेन्स लार्केले भन्नुभयो, “जेद्दाह वार्तामा दिगो युद्धविराम र मानवीय पहुँचका लागि धेरै आशा राखिएको छ, हामी सबै पक्षलाई द्वन्द्व नबढाउन र विस्तार नगर्न आह्वान गर्दछौं ।”

उहाँले भन्नुभयो, “महिलाहरूले मात्र होइन, सबै डार्फरवासीहरूले विगतमा र अहिलेको द्वन्द्वमा अत्यधिक पीडा भोगेका छन् ।”

उहाँले सुडानमा ५७ लाखभन्दा बढी मानिस आफ्नो घरबार छोड्न बाध्य भएको र दुई करोड ५० लाख अर्थात् आधाभन्दा बढी जनसङ्ख्यालाई मानवीय सहायताको खाँचो रहेको बताउनुभयो । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार
रूपन्देही लगायत लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा
२०८३ मंग्सिर ३, बिहिबार
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार
एनसेलको थ्रीजी युग अन्त्य हुँदै, पुस २ देखि फोरजीमा केन्द्रित सेवा
२०८३ मंग्सिर ३, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार