श्रावण ५, २०८२ सोमबार July 21, 2025

आजबाट एमडीएमएस लागु हुँदै, गैरकानुनी रुपमा भित्रिएका मोबाइलहरु नचल्ने

अब दर्ता नभएका फोनहरुमा सिम कार्ड नचल्ने तथा मोबाइल दूरसञ्चार सेवा अवरुद्ध हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल दूरसञ्चार प्राधिकरणले आज सोमबारबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागु गर्ने भएको छ ।

अवैध तथा गैरकानुनी रुपमा मोबाइल फोनहरु नभित्रिउन् र कानुनी बाटोबाट नै मोबाइलहरुको आयात तथा खरिद बिक्री गराउने लक्ष्यसहित एमडीएमएस प्रणाली नेपालमा कार्यान्वयनमा आउन लागेको हो ।

एमडीएमएस लागु भएसँगै दर्ता नभएका तथा अवैध र गैरकानुनी रुपमा भित्रिएका मोबाइलहरु चल्न बन्द हुनेछन् ।

दूरसञ्चार प्राधिकरणकाअनुसार एमडीएमएस प्रणाली लागु भएसँगै दर्ता नभएका मोबाइल फोनहरुमा नेपालका कुनै पनि सिमकार्डहरु चल्ने छैनन् ।

प्राधिकरणले कात्तिक १९ गतेसम्मको समयसिमा तोक्दै एमडीएमएस प्रणालीमा फोनहरु दर्ता गर्न भनेको थियो । अब दर्ता नभएका फोनहरुमा सिम कार्ड नचल्ने तथा मोबाइल दूरसञ्चार सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

एमडीएमएस कार्यान्वयनमा आएसँगै सुरुवातमा महंगा तथा हाई रेञ्ज फोनहरुलाई निगरानीमा राखिनेछ । जसअनुसार आईफोन, स्यामसंग, वानप्लसजस्ता फोनहरु दर्ता नभएको भए त्यसमा सिम चल्न छाड्नेछन् । प्राधिकरणले दैनिक रुपमा प्रणालीमा दर्ता नभएका फोनहरुलाई ब्लक गर्दै जाने जनाएको छ ।

प्रयोगकर्ताले आफ्नो फोन एमडीएमएसमा दर्ता भएको छ/छैन भनेर हेर्नका लागि भने एमडीएमएस प्रणालीको आधिकारिक वेबसाईटमा फोनको आईएमईआई नम्बर राखेर हेर्न सक्नेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया