असार २६, २०८२ बिहिबार July 10, 2025

थप ९६ जना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या ५८४ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२७ जेठ, काठमाडौं । देशभरका विभिन्न आइसोलेसनबाट ९६ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन्।

कोभिड(१९ अस्पताल जनकपुरबाट ६ महिलासहित २६ जना पुरुषहरु डिस्चार्ज भएका छन्। युनिफाइड कोभिड अस्पताल बलम्बु काठमाडौंबाट एक महिला डिस्चार्ज भएकी छन्।

बाँके कोहलपुर पिपिरीस्थित कृषि विकास बैंक तालिम केन्द्रको आइसोलेनबाट २२ जना र राप्तिसोनारी गाउँपालिकाको आइसोलेसनबाट ७ जना डिस्चार्ज भएका छन्।

धरानबाट झापाका २८ पुरुष, कोरोना विशेष अस्पताल दाङबाट बर्दियाका ४ पुरुष र जिल्ला अस्पताल दैलेखबाट १ महिला कोरोना संक्रमण निको भएका छन्।

हलसम्म देशभरबाट कोरोना संक्रमण भई उपचार पछि निको हुनेको संख्या ५८४ जना पुगेको छ। जसमध्ये ५०७ र महिला ७७ रहेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया