काठ्माडाैंः गायक डा. दामोदर पाण्डेकाे स्वरमा नयाँ गीत भिडियो ‘तिम्रो याद’ सार्वजनिक भएको छ। आज नेपमेलो युट्उब च्यानलबाट सार्वजनिक गरिएको गीतमा गायक पाण्डेकै शब्द रचना रहेको छ ।
गीतमा संगीतकार उपेन्द्र लाल सिंहले संगीत भरेका छन भने गीतको एरेन्जको पाटो एरेन्जर प्रमोद परियारले सम्हालेका छन् । भिडियाेकाे निर्देशन भने निर्देशक सान थापाले गरेका हुन्।
बुद्ध थापाको सिनेमेटोग्राफी रहेको गीतको भिडियाेमा मोडल बिकास लामिछाने र समारिका ढकालले अभिनय गरेका छन् ।
भिडियाेलाई न्याय दिन लामिछाने र ढकालले भरपुर मेहेनत गरेका छन् ।यी दुईको जोडी भिडियाेमा उत्तिकै जमेको छ।
गायक पाण्डे अमेरिकामा बस्छन्। नेपालमै जन्म लिई हुर्की डाक्टर बनेका पाण्डे हाल अमेरिकामै कार्यरत छन् ।
अमेरिका बसे तापनि उनीमा नेपालीपन, नेपाल र नेपाली संगीतप्रतिको माया भने कहिले फिक्का भएन। फलत, उनले ‘तिम्रो याद’ बजारमा ल्याएका हुन्।
भिडियो हेर्नुहो्स्
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया