श्रावण १९, २०८३ मंगलबार August 4, 2026

गायक तुलसी सिवाकोटीको चटपटेको ठेला सार्वजनिक (भिडियो हेर्नुहोस्)

गायक सिवाकोटीले नयाँ गीत चटपटेको ठेला सार्बजनिक गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः लामो समयदेखि युरोपलाई कर्मथलो बनाएर नेपाली गीत संगीतलाई निरन्तरता दिइरहेका गायक  तुलसी सिवाकोटीको ‘ चटपटेको ठेला‘ सार्वजनिक भएको छ ।

नेपाली संगीत बजारमा एउटा अलग पहिचान बनाएका गायक हुन् तुलसी सिवाकोटी ।  विगत १२ बर्षदेखि युरोपमा बसोबास गर्दै आएका सिवाकोटी प्राय:जसो विदेशमा हुने हरेक कार्यक्रममा उनको प्रस्तुति रहने गरेको छ ।

नेपाली संगीत बजारमा अलग्गै पहिचान बनाउन सफल गायक सिवाकोटीले नयाँ गीत चटपटेको ठेला सार्बजनिक गरेका हुन् ।

रबिन स्वप्निल गिरीको शब्द रहेको गीतको संगीत/एरेन्जर/मिक्स/मास्टर दिपकराज विश्वकर्माले गरेका हुन् । प्रेम र रोमान्सलाई निकै प्रेमिल रुपमा गीतमा प्रस्तुत गरिएको छ ।

निशाल पौडेलको छायाँकन, विकास दाहालको सम्पादन तथा निर्देशन युवराज वाइबाले गरेका हुन् । प्रेमी प्रेमिकाबीचको रोमान्टिक दृश्यहरुलाई निर्देशक वाइबाले कलात्मकशैलीमा भिडियोमा देखाएका छन् ।

भिडियोमा सरोज प्रजा र उषा उप्रेतीको अभिनय रहेको छ । जसको कोरियोग्राफी प्रमोद के भण्डारीले  गरेका हुन् । प्रेम र समपर्णलाई आमदर्शक तथा स्रोताको चाहना अनुरुपको गीत बनेकोले दर्शक श्रोताले मन पराउनेमा आफू आशावादी रहेको निर्माता गणेश प्रसाईले बताए ।‘

भिडियो हेर्नुहोस् :

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार