भाद्र ३, २०८३ बुधबार August 19, 2026

टिकटक प्रतिबन्ध बिरुद्धको रिटमा आजबाट सुनवाई हुने

प्रतिबन्ध खुलाउन माग गर्दै दायर रिट माथी आजबाट सुनवाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः टिकटकमाथि लगाएको प्रतिवन्ध विरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनवाई हुने भएको छ ।

बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिबक्ताहरू स्वागत नेपाल, जगन्नाथ दुलाललगायतले दिएको रिटमा सोमवारका लागि पेशी तोकिएको थियो । जसअनुसार सो प्रतिबन्ध खुलाउन माग गर्दै दायर रिट माथी आजबाट सुनवाई हुन लागेको हो ।

हालै सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिवन्ध लगाए पछि अदालत खुलेको पहिलो दिन अर्थात मंशिर १ गते सर्वोच्च अदालतमा कयौं रिट निवेदन परेको थियो । उक्त रिट निवेदनमा पहिलो सुनवाइ गर्नका लागि मंशिर ४ गतेका लागि पहिलो पेशी तोकिएको अदालतले जानकारी दिएको थियो ।

शनिबार तथा आइतबार छठ पुजाको सार्वजनिक विदा भएकाले सोमबारलाई पेशी तोकिएको हो ।

सरकारको निर्णय गैरकानुनी एवं गैर संवैधानिक, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको भन्दै अधिवक्ता त्रिपाठीलगायतले सो निर्णय बदर गरी टिकटकमा लगाइएको रोक तत्काल फुकाउन रिट निवेदनमा माग गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बागमतीमा एमालेलाई मुख्यमन्त्री, नेकपालाई सभामुख र राप्रपालाई तीन मन्त्रालयको भागवण्डा
२०८३ भाद्र ३, बुधबार
भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता
२०८३ भाद्र ३, बुधबार
दुर्गा प्रसाईंको राजनीतिक स्वार्थका कारण धर्नामा रहेका नागरिकको जीवन सङ्कटमा
२०८३ भाद्र ३, बुधबार
युक्रेनलाई पूर्ण समर्थन जारी राख्ने बेलायतको प्रतिबद्धता
२०८३ भाद्र ३, बुधबार
निर्णय नमान्ने बागमतीका सांसद कारबाहीका भागीदार : लिङदेन
२०८३ भाद्र ३, बुधबार
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने सरकारको निर्णय
२०८३ भाद्र ३, बुधबार
‘बालश्रमसम्बन्धी विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८३ भाद्र ३, बुधबार