श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

‘इजरायलको आक्रमणबाट ८३ मस्जिदहरू ध्वस्त, १७० क्षतिग्रस्त’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गाजाका सरकारी सञ्चार माध्यमले  इजरायली आक्रमणबाट ८३ मस्जिदहरू ध्वस्त भएका र १७०  क्षतिग्रस्त भएका दाबी गरेको छ ।

गत ७  अक्टोबरयता घेराबन्दीमा रहेको प्यालेस्टिनी एन्क्लेभमा इजरायली आक्रमणबाट कुल ८३ मस्जिद ध्वस्त भएका छन् र थप १७० मा क्षति पुगेको गाजाका सरकारी मिडियाले जनाएका हुन् ।

प्यालेस्टाइनीहरूले इजरायललाई गाजाका मस्जिदहरूलाई विनाशको लागि जानाजानी निशाना बनाएको आरोप लगाएका छन् । इजरायली सेनाहरूले हमासले आक्रमणबाट जोगाउन मस्जिदहरू प्रयोग गरेको निराधार दावी गरेका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया