श्रावण १९, २०८३ मंगलबार August 4, 2026

‘कार्साङ’ मा शिल्पा मास्के अनुवन्धित

फिल्म ‘कार्साङ’ शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः फिल्म ‘कार्साङ’मा अभिनेत्री शिल्पा मास्के अनुबन्धित भएकी छन् ।

यम शेर्पाको निर्देशनमा बन्न लागेको फिल्ममा यसअघि मुख्य कलाकारका रूपमा दयाहाङ राई, बुद्धि तामाङ फाइनल भैसकेका छन् ।

यस्तै, फिल्ममा नायिकाको रुपमा सुरक्षा पन्त र नव–कलाकार छिरिङ शेर्पा फाइनल भइसकेका छन् । शिल्पा पनि फिल्ममा भित्रिएपछि ३ जना नायिकाहरुले फिल्ममा काम गर्ने पक्का भएको छ ।

यस फिल्ममा शिल्पा अनुबन्धित भएसँगै प्रमुख कलाकारहरूको लाइनअप पुरा भएको निर्देशक शेर्पाले जानकारी दिए ।

शेर्पाको यो डेब्यू निर्देशकीय फिल्म हो । फिल्ममा उनी स्वयंको कथा, पटकथा तथा संवाद छ । यसअघि शेर्पाले थुप्रै छोटा फिल्मको निर्देशन गरिसकेका छन् ।

फिल्म ‘कार्साङ’ शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुने बताइएको छ । यो फिल्म यार्सा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको हो ।

पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्मको केही दिनमै बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायाकंन गरिने निमार्णपक्षले बताएको छ ।

फिल्म ‘कार्साङ’को ओभरसिज राइट्स छायाकंन अगावै बिक्री पनि भइसकेको छ ।

यो फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीले रिलिज गर्ने भएको छ । फिल्मको देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्स्ले लिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार