श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

राष्ट्रसंघीय विद्यालयमा इजरायली आक्रमण, ३० जनाको मृत्यु, ९३ घाइते

गाजा पट्टीमा मारिएका प्यालेस्टाइनीको संख्या १४, ५३२ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गाजा, ८ मंशिर । इजरायल र हमासबीच युद्ध सुरु भएको ४९ दिन भैसकेको छ ।

यस अवधिमा इजरायलले गाजा पट्टीमा लगातार तीव्र हवाई हमला गरिरहेको छ, जसका कारण गाजा पट्टीमा मारिएका प्यालेस्टाइनीको संख्या १४, ५३२ पुगेको छ ।

यसैबीच, एक प्यालेस्टाइनी डाक्टरले बिहीबार भनेका छन कि इजरायलले गाजामा संयुक्त राष्ट्रको राहत र कार्य एजेन्सीद्वारा सञ्चालित अबु हुसेन स्कूलमा आक्रमण गरेको दाबी गरेका छन । उनका अनुसार यस आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको छ  भने ९३ जना घाइते भएका थिए ।

गाजा पट्टीका एक डाक्टरले आफ्नो नाम न छाप्ने सर्तमा उत्तरी गाजामा रहेको जबलिया शरणार्थी शिविरलाई इजरायली सेनाले निशाना बनाएको बताए । यो गाजा पट्टीको सबैभन्दा ठूलो शरणार्थी शिविरहरू मध्ये एक हो। यो भित्र अबु हुसैन स्कूल थियो, जहाँ इजरायली सेनाले आक्रमण गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया