श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

इजरायल जेलमा रहने प्यालेस्टाइनीको संख्या ३१ सयः कैदी समुह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गाजा, ९ मंशिर । इजरायलले बन्दी बनाएको प्यालेस्टाइनीको संख्या ३१ सय नाघेको छ ।

गत अक्टोबर ७ देखि कब्जा गरिएको वेस्ट बैंकमा ३१०० भन्दा बढी पक्राउ गरिएको कैदी अधिकार समूहले जनाएको छ ।

प्यालेस्टिनी कैदी समुहका अनुसार हिजो साँझदेखि आज बिहानसम्म मात्रै इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंकमा १७ प्यालेस्टाइनीहरूलाई पक्राउ गरेको छ।

अधिकार समूहका अनुसार अक्टोबर ७ यता इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूको कुल संख्या ३ हजार १ सय ६० पुगेको छ।

इजरायल र हमासबीच भएको ४ दिने युद्धविराम सम्झौताको एक हिस्साको रूपमा शुक्रबार ३९ प्यालेस्टिनी बन्दी रिहा गरे पनि थप १७ जना पक्राउ परेको सो समुहले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया