काठमाण्डौं:इरानका उपप्रधानमन्त्री मेहदी फराहीले रुसले इरानलाई सैन्य विमान पठाउने प्रक्रिया अन्तिम तयारीमा पुगेको बताउनुभएको छ ।
अर्धसरकारी तस्निम समाचार एजेन्सीसँगको कुराकानीमा उहाँले मुलुकको सशस्त्र बलहरूलाई रुसी सुखोई एसयु–३५ लडाकू जेट, मिल एमआई–२८ लडाकू हेलिकप्टर र याक–१३० जेट प्रशिक्षकहरूको आगामी आपूर्तिको पुष्टि गर्नुभयो ।
“विमानहरू मुलुकमा आउने निश्चित भएको छ र तिनलाई प्राप्त गर्ने प्रक्रिया भइरहेको छ”, उहाँले भन्नुभयो ।
इरानी संसद्को राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका सदस्य सहरयार हैदरीले इरानले चाँडै नै धेरै एसयु-३५ लडाकू विमान प्राप्त गर्ने गत जनवरीमा बताउनुभएको थियो । सिन्हा
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया