श्रावण ८, २०८२ बिहिबार July 24, 2025

पाकिस्तान प्रशासित काश्मिरमा यात्रु बसमा गोली चल्दा ८ जनाको ज्यान गयो

आक्रमणपछि चालकले नियन्त्रण गुमाएको र अगाडिबाट आएको ट्रकसँग बस ठोक्किएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पाकिस्तान प्रशासित कश्मीरको गिलगिट–बाल्टिस्तानमा आतंकवादीहरूले यात्रुवाहक बसमा आक्रमण गरेका छन् । यस हमलामा ८ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएको बताइएको छ ।

बस गिलगितबाट रावलपिंडी जाँदै गरेको प्रहरीले जनाएको छ । त्यसपछि साँझ साढे ६ बजेतिर आतंककारीहरूले अन्धाधुन्ध गोलीबारी गर्न थाले। आक्रमणपछि चालकले नियन्त्रण गुमाएको र अगाडिबाट आएको ट्रकसँग बस ठोक्किएको अधिकारीले बताए ।

चिलासका उपायुक्त आरिफ अहमदले आक्रमणमा मारिएका आठ जनामध्ये अहिलेसम्म पाँच जनाको पहिचान भइसकेको बताए । अरु २६ जना घाइते भएको र नजिकैको अस्पतालमा लगिएको उनले बताए ।

मृत्यु हुनेमा बसमा सवार दुई सैनिक पनि रहेका छन् । आतंकवादी हमलामा विशेष सुरक्षा इकाईका एक सुरक्षाकर्मी घाइते भएका छन् ।

उनले अधिकांश मानिसहरु कोहिस्तान, पेशावर, घिजेर, चिलास, राउन्डु, स्कार्दु, मानसेरा र स्वाबी क्षेत्रका र एक वा दुई जना सिन्धका रहेको बताए ।

आक्रमणपछि आक्रमणकारी घटनास्थलबाट भाग्न सफल भएका छन् । घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक रहेको र मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

आक्रमणको अनुसन्धान थालिएको र आतंककारीलाई पक्रन खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । हालसम्म कसैले पनि आक्रमणको जिम्मेवारी लिएको छैन तर यस क्षेत्रमा यसअघि पनि आतङ्ककारीद्वारा आक्रमणका धेरै घटना भइसकेका छन्। आक्रमणकारीहरूले २०१३ मा गिलगिट बाल्टिस्तानमा पर्वतारोहीहरूको लागि शिविर स्थलमा आक्रमण गरी नौ विदेशी नागरिकको हत्या गरेका थिए। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार