श्रावण ७, २०८२ बुधबार July 23, 2025

इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट हुँदा ११ को मृत्यु, १२ बेपत्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु र १२ जनाभन्दा बढी बेपत्ता भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अल जजिराले सोमबार बताएको छ ।

अधिकारीहरूका अनुसार पश्चिमी सुमात्रामा आइतबार ज्वालामुखी विस्फोट हुँदा उक्त क्षेत्रमा करिब ७५ जना थिए ।

पदाङ खोज एवं उद्धार एजेन्सीका प्रमुख अब्दुल मलिकले भन्नुभयो, “त्यहाँ २६ व्यक्ति छन् र उनीहरूलाई बाहिर निकालिएको छैन, तीमध्ये तीन जना जीवित र ११ मृतकसहित १४ जनालाई फेला पारेका छौँ ।”

आइतबार भएको विस्फोटको भिडियो फुटेजमा ज्वालामुखीको खरानीको ठूलो बादल आकाशमा फैलिएको तथा कार तथा सडक भग्नावशेषले ढाकेको देखाइएको छ । अल जजिराका अनुसार सोमबार एउटा सानो विस्फोटका कारण उद्धारकर्मीहरूलाई आफ्नो उद्धार अभियान स्गगित गर्नुपरेको थियो ।

मुलुकको ज्वालामुखी एजेन्सीका अनुसार दुई हजार आठ सय ९१ मिटर उचाइको माउन्ट मारापीसहित इन्डोनेसिया प्रशान्त महासागरको कथित ‘रिङ अफ फायर’ मा अवस्थित छ र यहाँ एक सय २७ सक्रिय ज्वालामुखी छन् । एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार