श्रावण ७, २०८२ बुधबार July 23, 2025

इजरायली सेनाद्वारा १० आतंककारी मारिएको दाबी

आतंककारीबाट सेनाले  विभिन्न प्रकारका ५० भन्दा बढी हतियार, सयौँ विस्फोटक पदार्थ र अमेरिकी डलर समेत बरामद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इजरायलले जेनिनमा ६० घण्टासम्म सञ्चालित आतंकवादविरोधी अभियानमा १० आतंककारी मारिएको दाबी गरेको छ।

इजरायली सेनाले कारबाहीका क्रममा सेनाले सयौँ भवनमा खोजी गरेको र ६० जनालाई गिरफ्तार गरेको जनाएको छ ।

साथै ती आतंककारीबाट सेनाले  विभिन्न प्रकारका ५० भन्दा बढी हतियार, सयौँ विस्फोटक पदार्थ र अमेरिकी डलर समेत बरामद गरेको छ।  कारबाहीका क्रममा सेनाले जुडिया र सामरियाबाट १४ जना वान्टेड आतंकवादीलाई पक्राउ गरेको छ।  पक्राउ परेकामध्ये तीनजना हमाससँग सम्बन्धित रहेको बताइएको छ।

आक्रमणमा उनीहरूले प्रयोग गरेका  केही पूर्वाधारहरू समेत ध्वस्त पारेको इजरायली सेनाले जनाएको छ। यस क्रममा इजरायली वायुसेनाको विमानले आतंककारीको दुई वटा टोलीमाथि आक्रमण गरेको बताइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया