श्रावण ७, २०८२ बुधबार July 23, 2025

चिनिया राष्ट्रपति सी र रुसी प्रधानमन्त्रीबिच भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चिनियाँ राष्ट्रपति सी जिङपिङले बुधबार बेइजिङमा रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनसँग भेटवार्ता गर्नुभएको छ ।

चालु वर्षमा रुसी राष्ट्रपति पुटिनसँग दुई पटक भेटवार्ता गरेको उल्लेख गर्दै राष्ट्रपति सीले दुई देशका सरकार तथा संसद् राजनीतिक दल र स्थानीय तहबिच विभिन्न व्यापारिक सहयोग भएको बताउनुभएको छ ।

यस वर्षमा चीन तथा रुसबिचको द्विपक्षीय व्यापार मात्रा दुई सय अर्ब अमेरिकी डलरको लक्ष्य हासिल गरी दुई देशीय सम्बन्ध लाभकारी, लचिलो तथा व्यापक भएको राष्ट्रपति सीको भनाइ छ ।

यसै सन्दर्भमा उहाँले चीन र रुस सम्बन्धलाई कायम राख्दै विकास गर्नु दुवै देशका जनताको हितमा छनोट भएको बताउनुभएको छ ।

चीनले रुसी जनताको रोजाइको विकासको बाटोमा हिँड्न सहयोग गरेको बताउँदै राष्ट्रपति सीले आगामी वर्ष चीन रुसको कूटनैतिक सम्बन्ध स्थापना भएको ७५ औँ वार्षिकोत्सवलाई नयाँ बिन्दुमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया