श्रावण १९, २०८३ मंगलबार August 4, 2026

सलमान खानको टाईगर–३ ओटिटीमा रिलिजपछी फ्यानहरू उत्साहित

टाइगर–३ मा सलमान खानका अलावा कट्रिना कैफ, इमरान हाश्मी, रिद्धि डोग्रा पनि महत्वपूर्ण भूमिकामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मुम्बई, २२ पुस । सलमान खानका फ्यानहरुका लागि खुसीको खबर आएको छ ।

सलमान खान र कट्रिना कैफको एक्शन प्याक स्पाई थ्रिलर टाईगर–३ डिजिटल प्लेटफर्ममा स्ट्रिम गरिएको छ। अब दर्शकले घरमै बसेर फिल्म हेर्न सक्नेछन् । फिल्म अमेजन प्राइममा स्ट्रिम गरिएको छ।

सलमान खान आफैले यसको घोषणा गरेका छन् । फिल्मको पोस्टर सेयर गर्दै उनले लेखेका छन्, ‘तयार हुनुहोस, टाइगर आउँदै छ। प्राइम भिडियोहरूमा मात्र हेर्नुहोस्।’

यो फिल्म नोभेम्बर २०२३ मा रिलिज भएको थियो । फिल्मले बक्स अफिसमा राम्रो प्रतिक्रिया पाएको छ । यशराज फिल्म्सले निर्माण गरेको यो चलचित्रलाई मनिष शर्माले निर्देशन गरेका हुन् । यो टाइगर सिरिजको तेस्रो किस्ता हो। यसअघि  ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा है’ रिलिज भएका थिए । दुबै फिल्मलाई फ्यानहरुले निकै रुचाएका थिए ।

टाइगर–३ मा सलमान खानका अलावा कट्रिना कैफ, इमरान हाश्मी, रिद्धि डोग्रा पनि महत्वपूर्ण भूमिकामा छन् । बक्स अफिस कलेक्शनको कुरा गर्ने हो भने फिल्मले घरेलु बजारमा २८२.७९ करोडको व्यापार गरेको थियो भने ४६४करोडको विश्वव्यापी सङ्कलन गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार