कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

गोल्डेन ग्लोबमा ‘ओप्पनहाइमर’को दबदबा, सिलियन र एम्मा उत्कृष्ट कलाकार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

लसएन्जल्स, २३ पुस । नेपाली समय अनुसार सोमबार बिहान सम्पन्न गोल्डेन ग्लोब अवार्डमा धेरैको अपेक्षा अनुरुप क्रिस्टोफर नोलानको ‘ओप्पनहाइमर’ले सर्वाधिक ४ विधामा अवार्ड जितेको छ ।

अणु बमका आविष्कारक जे रबर्ट अप्पनहाइमरको जीवनीमा आधारित चलचित्रले दोस्रो विश्वयुद्धको समय र त्यसपछिको समयको उनको मनस्थितिलाई दर्साएको छ ।

हलिउड फरेन प्रेसले आयोजना गर्ने गोल्डेन ग्लोबमा यो चलचित्रले उत्कृष्ट चलचित्रसँगै निर्देशक, अभिनेता,सहायक अभिनेता र संगीत विधाका अवार्ड जितेको हो । यो चलचित्र १० विधामा मनोनयनमा थियो ।

चलचित्रबाट निर्देशक क्रिस्टोफर नोलानले उत्कृष्ट निर्देशकको अवार्ड जिते भने सिलियन मर्फीले उत्कृष्ट अभिनेताको अवार्ड जिते । रबर्ट डाउनी जुनियरले सहायक अभिनेतातर्फ उत्कृष्ट ठहरिए । ६ पटक गोल्डेन ग्लोबको मनोनयनमा परेका निर्देशक नोलानले पहिलोपल्ट अवार्ड जितेका हुन् ।

‘ओप्पनहाइमर’ बराबर नै विधामा मनोनयनमा परेको ‘बार्बी’ले भने दुइटा अवार्डमा नै चित्त बुझाउनु पर्यो । चलचित्रले यही साल थपिएको ‘सिनेमाटिक एन्ड बक्स अफिस एचिभमेन्ट’ विधाको अवार्डमा जित्यो भने  बिल्ली एलिस र फिनिएसको गीतले पनि अवार्ड जित्यो ।

यो चलचित्रलाई कमेडी विधातर्फको अभिनेत्री विधामा दाबेदार मानिएको थियो । ग्रेटा गेरविग निर्देशित यो चलचित्रमा मार्गरेट रोबीले उत्कृष्ट अभिनय गरेकी थिइन् । तर भेनिसको ८३ औँ संस्करणमा उत्कृष्ट मानिएको चलचित्र ‘पुअर थिंग्स’की अभिनेत्री एम्मा स्टोनले यो पुरस्कार हात पारिन् ।

उनको यो दोस्रो गोल्डेन ग्लोब अवार्ड हो । ड्रामा तर्फको अभिनेत्रीको अवार्ड भने ‘किलर्स अफ दि फ्लवार मुन’का लागि लिली ग्लाडस्टोनले जितिन् । गोल्डेन ग्लोबमा कान्स विजेता ‘एनाटोमी अफ फल’ले पनि दुइटा अवार्ड हात पार्यो । चलचित्रले गैर अंग्रेजी विधाको फिल्ममा अवार्ड जित्यो भने उत्कृष्ट पटकथाको अवार्ड पनि यही चलचित्रले पायो । सोमबार टेलिभिजन र फिचर फिल्म गरी ३० विधामा अवार्ड वितरण गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
चक्रवात ‘अर्नब’को प्रभावले यी प्रदेशमा भारी वर्षा र हिमपातको चेतावनी
२०८३ कार्तिक १२, बिहिबार
म्यानपावरको विवादले प्रमुख श्रम बजार बन्द
२०८३ कार्तिक १२, बिहिबार