कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

शाहरुख खानको ‘डंकी’ ले कमायाे ४५२ कराेड बढी

प्रारम्भिक ट्रेंड रिपोर्ट अनुसार ‘डंकी’ले रिलिजको २२ औं दिनमा १.१५ करोडको व्यापार गरेको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः शाहरुख खानको ‘डंकी’ २१ डिसेम्बर २०२३ मा सिनेमाघरमा रिलिज भएको थियो।

यो कमेडी ड्रामा फिल्मले बक्स अफिसमा राम्रो सुरुवात गरेको थियो तर प्रभासको ‘सालार’ सँगको टकरावले फिल्मलाइ निकै असर गर्‍यो । शाहरुख खानको यो फिल्मले पठान र जवान झै अपेक्षा गरेजति कमाई गर्न सकेन । अहिले बक्स अफिसमा यो फिल्मको गति निकै घटेको छ । आउनुहोस् जानौं ‘डंकी’ले रिलिजको २२ औं दिनमा कति व्यापार गरेको छ ?

फिल्मको हप्ता अनुसार कमाईको कुरा गर्ने हो भने पहिलो साता‘डंकी’ को कलेक्सन १६०.२२ करोड थियो भने दोस्रो हप्तामा ‘डंकी’ले ४६.२५ करोड कमाएको थियो । फिल्मले तेस्रो हप्ताको तेस्रो सोमबार १.५ करोड, तेस्रो मंगलबार १.४ करोड र तेस्रो बुधबार १.२५ करोड कलेक्सन गरेको छ भने अब चौथो बिहीबार अर्थात् २२ औ दिन फिल्मको कमाईको प्रारम्भिक आँकडा यस्तो छ ।

सैकनिल्कको प्रारम्भिक ट्रेंड रिपोर्ट अनुसार ‘डंकी’ले रिलिजको २२ औं दिनमा १.१५ करोडको व्यापार गरेको छ। यो सँगै ‘डंकी’ को २२ दिनमा कुल कमाई २२१.७७ करोड पुगेको छ ।

‘डंकी’ ले विश्वभर भने राम्रो प्रतिक्रिया पाएको छ । यो फिल्मले विश्वभर दैनिक करोडौंको कलेक्सन गरिरहेको छ । रेड चिलीज इन्टरटेनमेन्टले ‘डंकी’ को २१ दिनको विश्वव्यापी संग्रहको तथ्यांक साझा गरेको थियो । जस अनुसार डंकीले रिलिज भएको २१ दिनमा विश्वभर ४५२.८७ करोड भारु कलेक्सन गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
चक्रवात ‘अर्नब’को प्रभावले यी प्रदेशमा भारी वर्षा र हिमपातको चेतावनी
२०८३ कार्तिक १२, बिहिबार
म्यानपावरको विवादले प्रमुख श्रम बजार बन्द
२०८३ कार्तिक १२, बिहिबार