श्रावण १९, २०८३ मंगलबार August 4, 2026

शाहरुख खानको ‘डंकी’ ले कमायाे ४५२ कराेड बढी

प्रारम्भिक ट्रेंड रिपोर्ट अनुसार ‘डंकी’ले रिलिजको २२ औं दिनमा १.१५ करोडको व्यापार गरेको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः शाहरुख खानको ‘डंकी’ २१ डिसेम्बर २०२३ मा सिनेमाघरमा रिलिज भएको थियो।

यो कमेडी ड्रामा फिल्मले बक्स अफिसमा राम्रो सुरुवात गरेको थियो तर प्रभासको ‘सालार’ सँगको टकरावले फिल्मलाइ निकै असर गर्‍यो । शाहरुख खानको यो फिल्मले पठान र जवान झै अपेक्षा गरेजति कमाई गर्न सकेन । अहिले बक्स अफिसमा यो फिल्मको गति निकै घटेको छ । आउनुहोस् जानौं ‘डंकी’ले रिलिजको २२ औं दिनमा कति व्यापार गरेको छ ?

फिल्मको हप्ता अनुसार कमाईको कुरा गर्ने हो भने पहिलो साता‘डंकी’ को कलेक्सन १६०.२२ करोड थियो भने दोस्रो हप्तामा ‘डंकी’ले ४६.२५ करोड कमाएको थियो । फिल्मले तेस्रो हप्ताको तेस्रो सोमबार १.५ करोड, तेस्रो मंगलबार १.४ करोड र तेस्रो बुधबार १.२५ करोड कलेक्सन गरेको छ भने अब चौथो बिहीबार अर्थात् २२ औ दिन फिल्मको कमाईको प्रारम्भिक आँकडा यस्तो छ ।

सैकनिल्कको प्रारम्भिक ट्रेंड रिपोर्ट अनुसार ‘डंकी’ले रिलिजको २२ औं दिनमा १.१५ करोडको व्यापार गरेको छ। यो सँगै ‘डंकी’ को २२ दिनमा कुल कमाई २२१.७७ करोड पुगेको छ ।

‘डंकी’ ले विश्वभर भने राम्रो प्रतिक्रिया पाएको छ । यो फिल्मले विश्वभर दैनिक करोडौंको कलेक्सन गरिरहेको छ । रेड चिलीज इन्टरटेनमेन्टले ‘डंकी’ को २१ दिनको विश्वव्यापी संग्रहको तथ्यांक साझा गरेको थियो । जस अनुसार डंकीले रिलिज भएको २१ दिनमा विश्वभर ४५२.८७ करोड भारु कलेक्सन गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार