वैशाख ३१, २०८१ सोमबार May 13, 2024

नेपाल टेलिकमको ‘विन्टर अफर’

एक सय नौ रुपियाँमा सात दिनका लागि पाँच जिबी र दुई सय ९८ रुपियाँमा २८ दिनका लागि सात जिबी खरिद गर्न सकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल टेलिकमले पुस २७ गतेदेखि लागु हुने गरी विन्टर अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत १९ रुपियाँमा एक दिनका लागि चार सय एमबी डेटा र ३३ रुपियाँमा एक हजार दुई सय एमबी डेटा उपलब्ध हुने कम्पनीले जनाएको छ । त्यस्तै एक सय नौ रुपियाँमा सात दिनका लागि पाँच जिबी र दुई सय ९८ रुपियाँमा २८ दिनका लागि सात जिबी खरिद गर्न सकिने छ ।

अफर अन्तर्गत ‘स्टे कनेक्टेड प्याक’ मा एक सय नौ रुपियाँमा पाँच दिनका लागि छ जिबी डेटा तथा एक सय ३९ रुपियाँमा छ जिबी डेटा र एक सय ७० रुपियाँमा टेलिकमकै नेटवर्कभित्रका लागि भ्वाइस सुविधा उपलब्ध हुने छ । त्यसै गरी दुई घण्टाको समयावधिका लागि पैँतिस रुपियाँमा अनलिमिटेड प्याक पनि कम्पनीले उपलब्ध गराएको छ । कम्पनीका अनुसार नेपाल टेलिकम एप डाउनलोड गर्दा उपलब्ध हुने एक जिबी डाटा प्याक पनि निरन्तर रूपमा उपलब्ध हुने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया